एक घर आगलागी हुँदा १ लाख ६५ हजार ५ सय वरावरको धनमाल क्षेती भएको छ । धनमाल क्षेती हुनेमा कर्णाली प्रदेश हुम्ला जिल्ला चंखेली गाउँपालिका वडा नं ३ वस्ने बर्षबहादुर ऐडीको रहेको छ । निजको एक तले एक कोठामा आगलागी हुँदा उक्त धनमाल क्षेती भएको मिमि प्रहरी चौकीलाई जानकारी प्राप्त भए संगै मिमि प्रहरी चौकी खटी गइ स्थानिय वासी सबै मिल आगोलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
आगो जेठ २६ गते साढे ३ वजे लागेको जानकारी प्राप्त भएको छ । आगलागीबाट मानिस तथा पशु चौपायमा केही क्षेती नभए पनि घर भित्र राखिएका लुगा लत्त अन्न पात काठ चामल मोवाइल समेत जलेर नष्ट भएको प्रहरी कार्यालयले जानकारी गराएको छ । मिमि प्रहरी चौकी भन्दा साढे एक घण्टाको दुरीमा रहेको वारदात स्थलमा प्रहरी मुगी आगलागी भएको घरको मुचुल्का गर्दा १ लाख ६५ हजार ५ सय बरावरको धनमाल क्षेती भएको पाइएको मिमि प्रहरी चौकीलाई उद्रित गर्दै प्रहरी नायव उपरिक्षक भिमलाल भटराइले बताएका छन् ।