राज शाही बिहिबार, जेठ २५, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा संचालन भएको एकिकृत स्वास्थ्य शिविरमा विहिबार मात्रै ८ सय ४९ जनाको उपचार गरिएको छ । जसमा उमेर अनुसार जिरो देखि ९ वर्ष समुहका महिला २४ पुरुष ५१, १० वर्ष देखि १४ वर्षका महिला २४ जना पुरुष १९ जना,१५ वर्ष देखि १९ वर्ष सम्मका २४ महिला १३ पुरुष, २० वर्ष देखि ५९ वर्ष सम्मका महिला ३ सय ५४ पुरुष १ सय ८७, ६० वर्ष देखि ६९ वर्षका महिला ५९ पुरुष ५० र ७० वर्ष माथिका महिला २२ पुरुष २१ गरी जम्मा महिला ४ सय ९४ र पुरुष ३ सय ५५ गरी ८ सय ४९ जनालाई सेवा प्रवाह गरीएको सिमकोट गाउँपालिका नरसिह स्टाप मनमाया वली शाहीले बताएकी छन् ।

हुम्लामा ३ बर्ष पछि पहिलो विशेषज्ञ सेवासहितको निःशुल्क बृहत् एकीकृत स्वास्थ्य शिविर सञ्चालन  भएको हो । बिहबारबाट हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा  संचालन भएको  शिविर जेठ २७ गते सम्म संचालन हुने जिल्ला स्वास्थ्य सेवा कार्यालय प्रमुख प्रेम सिहले बताएका छन् । उक्त शिविरका लागि ६ जना विशेषज्ञ चिकित्सकसहित ११ जनाको टोली सिमकोट आएको छ ।

बिहान ८ बजेबाट वेलुका ४ बजेसम्म सञ्चालन हुने उक्त शिविरका चिकित्सकिय टोलीलाई जिल्ला अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी, तीन वटै गाउँपालिकाका स्वास्थ्यकर्मीले समेत शिविरमा सघाउने छन । शिविर पूणर्रूपमा निःशुल्क हुनेछ । शिविरका लागि आधार विकास नेपाल र अठोट नेपालले पनि सहकार्य गरेको प्रमुख प्रेम सिंहले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई अदालतले सफाई दिएसंगै हुम्ला जिल्ला भर दिपावली
वाइडबडी भ्रष्टाचार मुद्दामा पूर्व पर्यटनमन्त्री शाहीले पाए सफाइ

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९