राम बुढा बिहिबार, जेठ २५, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

गाउँपालिका सवारी चालक एव वडा कमिटीका अध्यक्ष प्रति हार्दिक श्रदान्जली अर्पण गरिएको छ । नेकपा माओवादी केन्द्र हुम्ला जिल्ला अदानचुली गाउँपालिका वडा नं २ वडा कमिटीको आयोजनामा गते जेठ ४ गते कर्णाली नदिमा वेपत्ता भएका छक्कबहादुर वुढाको २१ दिने पुन्यतिथिको अवसरमा हार्दिक श्रदान्जली अर्पण गरिएको अदानचुली संवाददाता राम वुढाले बताएका छन् । मृतक नेकपा माओवादी केन्द्र अदानचुली गाउँपालिका वडा नं २ वडा कमिटीका अध्यक्ष एव अदानचुली गाउँपालिकाका सवारी चालक थिए ।

नेकपा माओवादी केन्द्र अदानचुली गाउँपालिका कमिटीका अध्यक्ष हरिदल पुनको अध्यक्षता र सोही गाउँपालिका उपाध्यक्ष कर्ण रोकाया सुधारको प्रमुख आतिथ्यमा हार्दिश्रदान्जली कार्यक्रम संचालन गरिएको हो । मृत आत्मको चिर शान्तिको कामना गर्दै फोटोमा माल्य अर्पण गरी अविर चढाइएको थियो । गत जेठ ४ गते माछा मार्न जाने क्रममा निज वुढा कर्णाली नदिमा वेपत्ता भएका थिए । निजको खोजी कार्य जारी भए पनि हाल सम्म कुनै सास लाश भेटीएको छैन ।लाश नभेटिए पछि बुढाका घर परिवारले पुत्ला बनाइ अन्तिम दाह संस्कार यस अघि गरेका थिए ।

उक्त कार्यक्रममा अदानचुली नेकपा माओवादी केन्द्रका नेकपा माओवादी केन्द्रका वडा कमीटीका पदाधिकारी, गाउँ कमिटीका पदाधिकारी लगाएत स्थानियवासी जनप्रतिनिधी लगाएत उपस्थित रहेको थियो । त्यसै गरी सोही कार्यक्रममा १७ हजार पार्टी कमिटीका पदाधीकारीहरुले मृतकका परिवारलाई सहयोग गरेको जानकारी प्राप्त भएको छ ।

 

सम्बन्धित

ताजा अपडेट
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई अदालतले सफाई दिएसंगै हुम्ला जिल्ला भर दिपावली
वाइडबडी भ्रष्टाचार मुद्दामा पूर्व पर्यटनमन्त्री शाहीले पाए सफाइ

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९