राज शाही मंगलबार, जेठ २३, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

हिमाली भेगको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका आँखा शिविर संचालन हुने भएको छ । उक्त क्षेत्रमा रहेका स्थानियवासीमा आँखा सम्बन्धी समस्या वढी देखिए पछि उक्त गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकाया उपाध्यक्ष चन्द्रसिह कार्कीको पहलमा सोही गाउँ पालिकामा २ दिन आँखा शिविर संचालन हुने भएको सोही गाउँपालिका स्वास्थ्य संयोजक किरण बुढाथोकीले बताएका छन् ।

संयोजक वुढाथोकीका अनुसार सो शिविर आषाढ १ र २ गते साँया स्वास्थ्य चौकी सर्केगाडमा संचालन हुने भएको हो । सो शिविरमा मोतिया विन्दुको निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको हो । त्यसै गरी नाम्खा गाउँपालिकामा पनि उक्त शिविर संचालन हुने भएको छ ।

नाम्खा गाउँपालिका वडा नं ६ लीमी, हल्जी र तील गाउँका आखा सम्बन्धी रोगका रोगीहरुको उपचारका लागी हल्जी स्वास्थ्य चौकीमा आँखा शिविर संचालन हुने भएको हो । सो शिविर अषाढ ५ गते संचालन हुने छ । नाम्खा गाउँपालिका अध्यक्ष प्रेम लामा उपाध्यक्ष तक्दिर लामा र प्रमुख प्रशासकिय अधिकृत मोहनबहादुर शाहीको पहलमा सो शिविर संचालन हुन लागेको सोही वडाका वडा अध्यक्ष पाल्जोर तामाङले बताएका छन् ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९