नेपाल प्रहरी संगठन समय सपक्ष अनुसार परिवर्तन हुँदै गएको छ । सुरक्षाका लागी मात्र प्रहरी भन्ने मानस पटलमा देखिएको छाप सँगै यसले सामाजिक कार्यमा पनि अग्रपङतीमा देखिन थालेको छ । समाजमा घट्ने घटनाहरुलाइ विश्लेषण गर्दै सोही अनुसार नेपाल प्रहरी संगठन परिचालन हुँदै आएको छ ।
जनताको सुरक्षा संगै जिउज्यानको रक्षाका लागी दिन रात खटिने नेपाली प्रहरी यतिवेला समुदाय स्तरमा कानूनी कक्षा पनि संचालन गर्न थालेको छ । हुम्ला जिल्लामा देखिएका संभावित घटनाहरुमा आत्म हत्या, आत्महत्या दुरसाहन, बालविवाह, वहु विवाह, सवारी ज्यान, ट्राफिरक नियम, घरेलु हिंम्सा, छाउपढी प्रथा, सडक दुर्घटना लगाएतका विषयमा कानूनी कक्षा संचालन गर्दै आएको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाले भौगोलिक विकटता बाबजुत जिल्लाका ७ वटै गाउँपालिकामा स्थापना भएका विद्यालयहरुमा पुगी कानूनी कक्षा सँगै समुदाय स्तरमा समय सापक्ष अनुसार जनचेतनामुलक कार्यक्रम संचालन गर्दै आइरहेको छ ।
यसै बीच जेठ १४ गते जिल्ला सदरमुकाम सिमकोट गाउँपालिका वडा नं ७ मा रहेको कैलास माध्यामिक विद्यालय डाँडाफयामा पुगी उक्त विद्यालयमा अध्यनरत विद्यार्थी सँगै विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अविभावक, जन प्रतिनिधिहरुलाई आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्बन्धी जनचेतना मुलक कार्यक्रम संचालन गरेको प्रहरी नाय उपरिक्षक भिमलाल भटराइले बताएका छन् ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सो कार्यक्रम कैलास माध्यामिक विद्यालय डाँडाफयामा जेठ १४ गते दिनको १ वजे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजन प्रसाद भट्टराइको कमाण्डमा ५ जना र प्रहरी चौकी धारापोरीबाट २ जना गरी ७ जना सुरक्षा कर्मीले उक्त तालिम संचालन गरेको हो ।