राज शाही शनिबार, जेठ १३, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

रेडियो कैलासको १५ औ बार्षिक उत्सव भव्यताका साथ मनाइएको छ । १५ औ वसन्त पार गरी आजबाट रेडियो कैलास १६ वसन्तमा प्रवेस गरेको छ । यसै अवसरमा जिल्लामा स्थापित पत्रकार लगाएत रेडियो कैलास व्यवस्थापन समितिका पदाधिकारी गाउँपालिकाका अध्यक्ष उपाध्यक्षको उपस्थितमा रेडियो कैलासको १५ औ बार्षिक उत्सव मनाइएको छ । उक्त रेडियो २०६५ साल जेठ १३ गते स्थापना भएको थियो ।

कर्णाली प्रदेश हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा संचालित पहिलो रेडियो  कैलास हुम्ला जिल्लामा स्थापना गर्नु चानचुने कुरा थिएन रेडियो कैलास व्यवस्थापन समितिका अध्यक्ष एव पुर्व कर्णाली प्रदेश मुख्य मन्त्री जिवनबहादुर शाहीले विभिन्न कठिनाइका बाबजुत विकट जिल्ला हुम्लामा रेडियो स्थापना गरी हुम्लाका दुरदराजका आवजलाई बुलन्द पार्ने जो जमर्को गर्नु भयो सो कार्य आफैमा सारनिय भएको बताउदै रेडियो कैलासका निर्देशक जनबहादुर शाहीले बताएका थिए।

 

रेडियो कैलास  हुम्लीको आवज विहिनको आवज वनेको छ समय अनुसार आफ्न परिपक्ता बढाउदै गएको छ । जिल्लामा भएका विकास निर्माणका देखि लिएर रोग, भोग, गरिवी, लक्षित वर्गका आवजहरु समेत बुलन्द पार्नुका साथै जिल्लाको हितकारी जनचेतमुलक सन्देश समेत फैलाउने काममा गहन भुमिका खेलेको बताउदै नेपाली काँग्रेसका पुर्व हुम्ला जिल्ला सभापति एव कर्णाली प्रदेश सदस्य जयपति रोकायाले यसरी आफ्नो भनाइ राखेका थिए ।

ढुड्गे युगबाट २१ औ शताब्दी सम्म आइ पुग्दा मानिसलाई जिवनमा गाँस बास र कपासको जति आवश्यक छ त्यती नै संचार पनि त्यति नै आवश्यक भएको, सञ्चारविना मानिसको जिवन कल्पना समेत गर्न नसकिने र राज्यले समेत सञ्चार क्षेत्रलाई उच्च प्रथामिकतामा राखदै चौथो अंगको रुपमा अंगिकार गरेको,संविधानमा समेत मौलिक हकको रुपमा संचार क्षेत्रलाई लिएको भएपनि संञ्चारको पहुँच समेत नपुगेको हुम्ला जिल्लामा पहिलो संविधान सभाको निर्वाचनसँगै रेडियो कैलास पहिलो पटक स्थापना भएको बताउदै सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले यसरी बताएका थिए ।

प्रतिनिधि सभा प्रदेश सभा र स्थानिय तह निर्बाचनलाइ स्वच्छ निस्पक्ष र मर्यादित बनाउन रेडियो कैलासले अहम भुमिका खेलेको अवगत गराउदै, हुम्ला जिल्लाको आर्थिक समृदि ,समाजिक रुपान्तरण, मौलिक कला  संस्कृतिको जगेर्ना, भौतिक, सामाजिक ,राजनितिक, शैक्षिक र साँस्कृतिक विकास तथा जनहितकार दैनिक जिवन निर्वाहका विषयमा हामी सबै मिलेर हातेमालो गर्नु पर्ने बताउदै रेडियो कैलास व्यवस्थापन समितिका महासचिव एव खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले बताएका छन्।

रेडियो कैलास व्यवस्थापन समितिका महासचिव कर्णबहादुर रावलको अध्यक्षता र सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीको प्रमुख आतिथ्य र विशेष आतिथ्यमा नेपाली काँग्रेसका पुर्व सभापति जयपति रोकाया, सिमकोट गाउँपालिका उपाध्यक्ष सुसिला रोकाया, विपिचिन्तन प्रतिष्ठानका जिल्ला अध्यक्ष मधु वस्नेत शाही, स्नोल्याण्ड एकिकृत विकास केन्द्रका सदस्य वविता शाही, सिमकोट गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत उजिर रोकाया लगाएतका मानुभावहरुको उपस्थित रहेको थियो ।

 

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९