राज शाही बुधबार, जेठ १०, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

कर्णाली प्रदेश हुम्ला जिल्लाको अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहले आफ्नो एक वर्ष कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन्। उनले विज्ञप्ति प्रकाशन गरेर आफ्नो प्रगति विवरण सार्वजनिक गरेका हुन्। गत वर्ष निर्वाचित भएपछि जेठ ६ गतेसम्म एक वर्षमा गरिएका कामलाई बुँदागत रूपमा उनले प्रगति विवरण देखाएका छन्। अध्यक्ष सिंहले आफ्नो प्रगतिको पहिलो बुँदामा गाउँपालिकाको आफ्नो एम्बुलेन्स सञ्चालन गरिएको कार्यलाई राखेका छन्।

उनले विज्ञप्तिमार्फत सार्वजनिक गरेका प्रगति विवरणमा गाउँपालिकाको सम्पूर्ण आर्थिक कारोवार विद्युतीय प्रणालीमार्फत् हुनु गाउँपालिकाका ६ वटै वडालाई सडक सञ्जालसँग जोड्नु र वडा नम्बर ६ को सडक विस्तार गरिनु, नेपाल टेलिकमको फोरजी सेवा सुचार गरिनु, काँखे र कल्खे प्राविका लागि भवन निर्माण गर्न बजेटको व्यवस्था गरिएको, कैलशपुरी र सल्लाघारी मावि, हिमालचुली निमाविका लागि अनुदानको शिक्षकको व्यवस्था गरिनु, कैलमश पुरी माविका आरसिसि भवन निर्माणका लागि भारतीय दूतावासबाट बजेटको व्यवस्थाका लागि पहल गरिएको, विश्व बैंकको आर्थिक सहयोगमा गाउँपालिका केन्द्र जोड्ने गल्फागाडदेखि डाँडाकाट्नासम्मको १४ दशमलव दुई किमि सडकको कालोपत्रे गराउने कार्यको सुरुवात हुनु रहेका छन्।

प्रगतिमा लौठी कालागाड, पाल्स काँखे हुँदै वारीगाउँ कालागाड र लौठी हुँदै रिल्म बिगोटी सडकको निर्माण कार्यलाई तीव्रता दिनु, वडा नम्बर १ देखि ३ सम्मका घरधुरीलाई एक घर एक धाराको अवधारणालाई स्थापित गर्न श्रीगनर बृहत् खानेपानी आयोजनाका लागि बजेटको व्यवस्था र निर्माण सुरु, जनतालाई प्रत्यक्ष लाभ पुर्‍याउन आयोजना सुचारु गरिएको, खानेपानी सरसफाइ तथा स्वच्छता योजना तयार, संघ प्रदेश र स्थानीय तहबीच समन्वयमा कार्यक्रम सञ्चालन गरिएको र कार्यक्रम सञ्चालन गर्दा महिला, दलित, अपांगता, वित्पन्नका लागि लक्षित कार्यक्रम सञ्चालन गरिनु तथा पूर्वाधार विकास कार्यक्रमलाई प्राथमिकता दिइएको उल्लेख गरिएको छ।यस हिसाबले अध्यक्ष सिंहले १२ वटा कामलाई आफ्नो प्रगतिका रूपमा अघि सारेका छन् भने आगामी प्राथमिकताका कार्यक्रम पनि तय गरेका छन्।

सम्बन्धित

ताजा अपडेट
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई अदालतले सफाई दिएसंगै हुम्ला जिल्ला भर दिपावली
वाइडबडी भ्रष्टाचार मुद्दामा पूर्व पर्यटनमन्त्री शाहीले पाए सफाइ

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९