नन्द सिंह शनिबार, जेठ २४, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला,
गाउँ गाउँमा सिंहदरबार आएको भनिएता पनि हुम्लाका अधिकांस गाउँहरुमा यसका बारेमा अझै अनविज्ञ नै छन् । स्थानीय तह (सरकार) भनेर चिनिएको स्थानीय तहले कोभिड १९ सम्बन्धि ध्यान नदिएपछि जिल्ला रेडक्रस सोसाइटी हुम्लाले जेठ २२ गतेदेखि कोरोना सम्बन्धि जनचेतना मुलक कार्यक्रम फैलाउने काम सुरु गरेको छ ।

विश्व भरिनै महामारीको रुपमा फैलिएको कोरोना संक्रमणले गर्दा ठूलो समस्या उत्पन्न भएको भन्दै त्यसबाट कसरी बच्ने भन्ने सवालमा सिमकोट गाउँपालिका–१ र २ को ठेहे र ३ को बरगाउँमा स्थानीयहरुसँग छलफल सुरु गरेको छ ।

गाउँमा कोभिड–१९ को संक्रमणबाट बच्न स्थानीयबासीहरुले सामाजिक दुरी कायमका साथै र सरकारले गरेको लकडाउन (बन्दाबन्दी) को पालाना गर्दै सो विषयमा छलफल गरेको जिल्ला रेडक्रस सोसाइटी हुम्ला कार्यालयका वरिष्ठ सहायक छिरिङ्ग पाल्देन लामाले जानकारी दिए ।
जेठ २२ गते सिमकोट गाउँपालिका ठेहे र २३ गते बरगाउँमा मास्क, सेनिटाइजर, साबुन पानीको सही प्रयोग गर्ने बारे स्थानीयहरुलाई जानकार गराएको वरिष्ठ सहायक लामाको भनाई छ । जिल्ला बाहिरबाट गाउँ प्रवेश गरेका नागरिकलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा १४ दिन राख्न समेत स्थानीयलाई आग्रह समेत गरेको लामाले बताए ।

लकडाउनको अवधिभर नागरिक आफै सचेत सजक रहनुपर्ने र कोभिड–१९ को संक्रमणबाट जोगिन गाउँकै नागरिक सचेत रहनु पर्ने लगायतका जनचेतना मुलक विषयमा जिल्ला रेडक्रस सोसाईटीले जनचेतनामुलक कार्यक्रम संञ्चालन गर्दै आएको छ भने स्थानीय तह र सरकारी निकाया मौन अवस्थामा बसेको पाइएको देखिन्छ । सो संस्थाले जनचेतनामुलक कार्यक्रम नियमित संञ्चालन गर्ने जाएको छ ।

सम्बन्धित

ताजा अपडेट
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई अदालतले सफाई दिएसंगै हुम्ला जिल्ला भर दिपावली
वाइडबडी भ्रष्टाचार मुद्दामा पूर्व पर्यटनमन्त्री शाहीले पाए सफाइ

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९