राज शाही बुधबार, जेठ ०३, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

५ जना महिलालाई आयआर्जनका लागी खरायो उपलब्ध गरिएको छ । कर्णाली प्रदेश हुम्ला जिल्ला प्रदेश निर्वाचन क्षेत्र ख को खार्पुनाथ गाउँपालिका वडा नं ४ का महिलाको आर्थिक उपर्जनका लागी खरायो उपलब्ध गराइएको वडा अध्यक्ष रंगमती शाहीले बताएका छन् ।

आर्थिक अवस्था कम्जोर भएका खार्पुनाथ गाउँपालिका वडा नं ४ का ५ जना महिलाको आर्थिक उपार्जनका लागी वडा पालिकाको आर्थिक सहयोगमा २।२ वटा खरायो उपलब्ध गराइएको वडा सचिव लोकेन्द्रबहादुर हमालले बताएका छन् । बहुक्षेत्रीय पोषण कार्यकक्रम अन्तरगत सुनौलो हजार दिनको कार्यक्रमको अवसरपारि उक्त खरायो उपलब्ध गरिएको हो ।

मंगलबार एक कार्यक्रमका विच सोही वडाका वडा अध्यक्ष रंगमती शाहीको अध्यक्षतामा संचालन भएको हस्तान्त्रण कार्यक्रममा खार्पुनाथ गाउँपालिका वडा नं ४ गोमा शाही, रमिता रावल, कलशा फडेरा, उर्मिला रोकाया र जया जेठारा रहेकी छन् । प्रति महिला २ वटा खरायो उपलब्ध गराइएको वडा सचिव हमालले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई अदालतले सफाई दिएसंगै हुम्ला जिल्ला भर दिपावली
वाइडबडी भ्रष्टाचार मुद्दामा पूर्व पर्यटनमन्त्री शाहीले पाए सफाइ

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९