राज शाही शनिबार, जेठ २४, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

हिमाली जिल्ला हुम्लामा २ दिनको अविरल वर्षाले जिल्लाको जनजिवन प्रभावित वनाएको छ । यो वर्षाले जेठासी तथा कार्तिके वाली लाइ नोक्सानी पुर्याएको छ । स्थानियवासीलाई मेला पातो गर्न गोठालालाई लेखमा पशु पस्तु चरि चरन क्षेत्रमा लिन समस्या भएको छ । जिल्लाका उच्च हिमालमा हिमपात समेत भएको छ ।

जेठासी वाली पाकी भित्राउने वेला परेको अविरल वर्षाले फल झारी दिएको छ भने विरुवालाई जमिनमा नै ढालि दिएको किसानहरुले बताएका छन् । जसले गर्दा फल झरेपछि कम उत्पादन हुने देखिएको छ । कार्तिक वाली लगाएको जग्गामा पहिरो जाँदा खेत वारीमा उम्रेको अन्न पातका विरुवा नष्ट भएको छ । वाली लगाएको ठाउमा वाडी जाँदा विरुवालाई वगाएर लिएको छ ।

नेपालका ७७ जिल्लामा गाडी नपुगेको दुर्गम जिल्ला हुम्लामा केही वर्ष देखि आन्तरिक सवारी साधन संचालन हुदै आएका छन् । यो अविरल वर्षाले आन्तरिक सवारी साधन चल्ने सडकमा पहिरो जाँदा गाडी संचालनमा ल्याउन समस्या देखिएको छ ।

सिमकोट गाउँ पालिकाको सिमकोटवाट खार्पु, वरगाउँ, हेप्का खोला सम्म आन्तरीक सवारी साधन संचालन हुदै आएका छन् । हुम्ला जिल्लामा विगत २ दिन देखि परेको अविरल वर्षाले उक्त सडकमा पहिरो जाँदा सवारी साधन संचालनमा ल्याउन समस्या भएको छ ।

सिमकोट देखि खार्पु सम्मको ९ किलो मिटर सडकमा १० ठाउँमा पहिरो जाँदा कच्ची सडकमा सवारी साधन संचालन हुन समस्या भएको छ । सवारी साधन धनी आफै सावेल, विल्चा लिइ सडकमा परेको पहिरो तथा माथिबाट खसेका ढुङगा पन्छाइ सवारी साधन संचालन गर्न वाध्य भएका छन् । विगत २ दिनको अविरल वर्षाले भत्काएका सडकहरु मर्मतका लागी सरोकारवालाको ध्यान जानु जरुरी देखिएको छ ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९