राज शाही बुधबार, बैशाख २७, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

कर्णाली प्रदेशका १० जिल्ला मध्यको हुम्ला जिल्लालाई पुर्ण खोप युक्त जिल्ला घोषणा गरिने भएको छ । प्रदेश पुर्ण खोप समन्वय समितिबाट अनुमति प्राप्त हुने वितिकै घोषणा गरिने भएको हो । जिल्ला पुर्ण खोप समन्वय समितिका संयोजक जिल्ला समन्वय समितिका सदस्य एव कार्यवाहक प्रमुख सरिता रावतको अध्यक्षतामा वसेको बैठकले यही वैशाख ३० गते शनिवारका दिन हुम्ला जिल्लालाई पुर्ण खोप युक्त जिल्ला घोषणा गर्ने निर्णाय गरेको छ ।

कर्णाली प्रदेशका १० जिल्ला मध्य हुम्ला जिल्ला र डोल्पा जिल्ला पुर्ण खोप युक्त जिल्ला घोषणा हुन नसकेको, हुम्ला जिल्लाका ७ वटै गाउँपालिकाका वडा वडामा स्वास्थ्यकर्मी जन प्रतिनिधि पुगी जन्मे देखि २३ महिनाका बालबालिकाले विभिन्न रोग विरुद्ध खोप पाएका छन वा छैनन भनी अनुगमन गरी वडा हुँदै गाउँपालिका सम्म पुर्ण खोप गाउँपालिका घोषणा गरेकाले हुम्ला जिल्लालाई पुर्ण खोप युक्त जिल्ला घोषणा गर्न उपयुक्त भएकाले यसै सालको बैशाख महिनाको ३० गते शनिवारका दिन गर्नु पर्ने  कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय प्रदेश खोप अधिकृत पदम केसीले बताएका थिए  ।

हुम्ला जिल्लाका ७ वटै गाउँपालिका मातहतमा रहेका स्वास्थ्य चौकीका, स्वास्थ्यकर्मी, जिल्ला स्वास्थ्य सेवा कार्यालयका स्वास्थ्यकर्मीहरुले दिन रात नभनी अविभावक जनप्रतिनिधि लगाएत सरोकारवाला निकायको सहयोग सहकार्यमा पुर्ण खोप गाउँपालिका घोषणा गर्न सफल भएकोमा धन्यवाद र  पुर्ण खोप घोषण गरेर मात्र नहुने वालबालिकालाई लगाउनु पर्ने नियमित खोप निरन्तर लगाउनु पर्नेमा जोड  जिल्ला समन्वय समितिका सदस्य एव कार्यवाहक प्रमुख सरिता रावतले गरेकी थिइन।

जिल्लाका ७ वटै गाउँपालिकालाई पुर्ण खोप घोषणा गर्न सहयोग पुर्याउने स्वास्थ्यकर्मी, संचारकर्मी, महिला स्वास्थ्य स्वयम सेविका लगाएत सम्पुर्णलाइ धन्यवाद दिदै पुर्ण खोप घोषणा गर्दा खोज र खोप कार्यहरु संचालन गरेको, यो कार्यक्रम संचालन गरी रहँदा छुटेका बालबालिकालाइ पुन बैशाख ३१ गते खोप लगाउने कार्यक्रम तय भएको,  त्यसै गरी जिल्लालाई पुर्ण खोप सुनिश्चित गर्नका लागी विद्यालयमा बालबालिका भर्ना गर्दा, बालभत्ता उपलब्ध गराउदा खोप कार्ड अनिवार गर्नु पर्ने  जिल्ला स्वास्थ्य सेवा कार्यालयका स्वास्थ्य सेवा पाँचौ अधिकृत सुरविर शाहीले  बताएका थिए ।

स्वास्थ्य क्षेत्रमा जनचेतना कम्जोर भएको जिल्लामा पुर्ण खोप गाउँपालिका घोषणा गर्नु चान चुने कुरा थिएन, बालबालिकाले पाउनु पर्ने १३ रोग विरुद्ध ७ प्रकारका खोप लगाउने कार्य निरन्तर होस, पुर्ण खोप घोषणा गरेर मात्र नहुने यसलाई निरन्तर खोज र खोप अभियान संन्चालन गरी रहनु पर्ने, खोप नपाएकै कारण बालबालिकाको अकालमा मृत्यु हुन नपरोस  सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदीले आफ्नो विचार राखेका थिए ।

कर्णाली प्रदेश मध्यको भौगोलिक विकटता रहेको यो जिल्ला हुम्लामा अबको केही दिन पुर्ण खोप घोषणा जिल्ला हुँदै छ । पुर्ण खोप जिल्ला घोषणाका लागी जिल्लाका ७ वटा गाउँपालिका र ४४ वटा वडा पालिका पुर्ण खोप गाउँपालिका घोषणा भइ सकेको र हुम्ला जिल्लामा जिरो देखि १५ महिना सम्मका उमेर समुहका बालबालिकाको संख्या १ हजार १ सय ९२ र १६ महिना देखि २३ महिना सम्का जम्मा बालिकाको संख्या ९ सय ७५ रहेको र पुर्ण खोप प्राप्त गरेका बालबालिकाको संख्या ९ सय ७५ रहेको  जिल्ला स्वास्थ्य सेवा कार्यालय प्रमुख प्रेमबहादुर सिहले बताएका थिए ।  बैठक बुधबार विहान ९ वजे जिल्ला स्वास्थ्य सेवा कार्यालयमा बसेको थियो ।

सम्बन्धित

ताजा अपडेट
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई अदालतले सफाई दिएसंगै हुम्ला जिल्ला भर दिपावली
वाइडबडी भ्रष्टाचार मुद्दामा पूर्व पर्यटनमन्त्री शाहीले पाए सफाइ

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९