राज शाही बिहिबार, बैशाख १४, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला जिल्लाका ग्रामिण भेग सम्मै स्वास्थ्य क्षेत्रमा पहुच वढ्दै गएको छ । जिल्ला अस्पतालबाट मात्रै सेवा प्रवाह हुने हुम्ला जिल्लामा अहिले हुम्लाका ग्रामिण भेगबाटै सेवा प्रवाह हुन थालेका छन । यस अघि गर्भवति महिलाको गर्भमा रहेको शिसुको स्वास्थ्य अवस्था र आमाको शारीरिक अवस्था कस्तो छ भन्ने बारेमा जानकारी जिल्ला स्वास्थ्य सेवा कार्यालयबाट मात्रै हुँदै आएकोमा अव जिल्लाका ७ वटै गाउँपालिकाका स्वास्थ्य संस्थाबाट सेवा प्रवाह हुन थालेका छन ।

स्वास्थ्य विभागको आर्थिक सहयोग सँगै गाउँपालिकाको पहलमा गर्भवति महिलाको भिडियो एक्सरेका लागी चाहिने आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध भए पछि गाउँपालिकाकै स्वास्थ्य चौकीबाटै गर्भवति महिलाको गर्भ चेक जाँच हुने गरेको छ । हुम्ला जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नं ४ मा रहेको साँया स्वास्थ्य चौकीमा गर्भवति महिलाहरुका लागी भिडियो एक्सरे सुरु भएको स्वास्थ्यकर्मी बबरजंग पालले बताएका छन् ।

सो स्वास्थ्य चौकीमा गर्भवति महिलाको भिडियो एक्सरे सुरु भए पछि सोही गाउँपालिका वडा नं ४ का गर्भवति महिला सँगै अन्य वडाका महिलाहरु पनि गर्भ चेक जाँच गर्न सोही स्वास्थ्य चौकीमा आउने गरेको पालले बताएका छन् । गर्भ अबस्थामा कम्तीमा ३ पटक र अन्य समस्या परेमा जतिखेर पनि video x-ray सेवा लिदा आमा र गर्भमा रहेको शिशुको समस्या समयमा पत्ता लाग्ने भएकाले सर्केगाड गाउँपालिकाको सहकार्यमा सो स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवा सुरु गरिएको जानकारी प्राप्त भएको छ । गर्भमा रहेको बच्चाको अवस्था केछ उल्टो सुल्टो के छ पोषण पुगेको छ वा छैन लगाएतका स्वास्थ्य सम्बन्धी जानकारी लिनका लागी पनि भिडियो एक्सरे सेवा संचालन भएको खवर प्राप्त भएको छ ।

सायाँ स्वास्थ्य चौकीमा ग्रभवती आमाहरुको लागी ग्रामीण अल्ट्रासाउण्ड सेवा गाउँपालिकाका अध्यक्ष ठान बहादुर रोकायाले विहिबार एक कार्यक्रमका बीच ब्यानर पढेर उद्धाटन गरेका छन । सोही गाउँपालिकाका उपाध्यक्ष चन्दिसहं कार्कीको बिशेष पहलमा मेसिन सहितका सामग्रि सहयोग संघिय सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय काठमाडौंले उक्त स्वास्थ्य चौकीलाई उपलब्ध गराएको सोही गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नर रावतले बताएका छन ।

 

सम्बन्धित

ताजा अपडेट
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई अदालतले सफाई दिएसंगै हुम्ला जिल्ला भर दिपावली
वाइडबडी भ्रष्टाचार मुद्दामा पूर्व पर्यटनमन्त्री शाहीले पाए सफाइ

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९