हुम्ला,
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कोभिड–१९ को संकट व्यवस्थापनमा सहयोग गर्न विकास साझेदार संस्थाहरुलाई आग्रह गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जेठ २१ गते भएको छलफलमा मुख्यमन्त्री शाहीले रोजगारीको लागि भारत गएका नागरिकहरु फिर्ता भएसंगै कर्णाली प्रदेशमा कोभिड–१९ को संक्रमण वढेको वताउदै सहयोगको लागि दाताहरुलाई आग्रह गरेका हुन् ।
भारतवाट फर्किनेहरुको संख्या ३५ हजार पुगेको वताउदै मुख्यमन्त्री शाहीले क्वारेन्टाईन व्यवस्थापन, आईशोलेसन व्यवस्थापन र संक्रमण परिक्षणमा सरकारलाई समस्या परेको भनाई छ।
कर्णाली प्रदेशवाट झण्डै १ लाख लाख ५० हजारको संख्यामा भारत र तेश्रो मुलुकहरुमा रोजगारीको लागि गएको वताउदै मुख्यमन्त्री शाहीले अझै पनि १ लाख भन्दा वढी नागरिक कर्णाली फर्कने अनुमान गरेका छन् ।
ठुलो संख्यामा विदेशवाट फर्किएका नागरिकहरुवाट संक्रमण रोक्न निकै चुनौतीपूर्ण रहेको वताउदै मुख्यमन्त्री शाहीले विकास साझेदार संस्थाहरुको सहयोग आवश्यक रहेको स्पष्ट छ ।
मुख्यमन्त्री शाहीका अनुसार कर्णाली प्रदेशमा स्थापना गरिएका दुईवटा प्रयोगशाला २४ घण्टा सञ्चालन गर्दा पनि दैनिक ५ सय नमुना मात्र परिक्षण गर्न सकिने वताउदै प्रयोगशालाको संख्या वृद्धि गर्न आवश्यक रहेको छ।
मुख्यमन्त्री शाहीले विकास साझेदार संस्थाहरुलाई कोभिड–१९को रोकथाम र नियन्त्रणका लागि क्वारेन्टाइन आईशोलेसन व्यवस्था, पिसिआर प्रयोगशालाको स्थापना, परिक्षणका लागि आवश्यक किट र एम्वुलेन्समा सहयोग गर्न आग्रह गरेका हुन् ।
कर्णाली प्रदेशका धेरैजसो नागरिक ३ महिनाको लागि मात्रै रोजगारीको लागि भारत जाने गरेको र कोभिड–१९ ले निम्त्याएको परिस्थितिका कारण रित्तो हात फर्कनु परेको मुख्यमन्त्री शाहीको भनाई छ ।
प्रदेश सरकारले रोजगारी गुमाएर फर्किएका अति गरीविको रेखामुनी रहेका नागरिकका लागि क्वारेन्टाईनमा रहनुपर्ने १४ दिन सम्मका लागि दैनिक निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको समेत जानकारी छ।
विकास साझेदार संस्थाहरुसंगको छलफलमा प्रदेश सरकारका मन्त्रीहरु, प्रमुख सचिव, सचिवहरु र संयुक्त राष्ट्रसंघीय निकायका नेपाल प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।