हुम्ला
हिमाली जिल्ला हुम्लामा सडक विस्तार कार्यले तिव्रता पाएको छ । यसैको फल स्वरुप सिमकोट गाउँ पालिकाले बजार क्षेत्रको सडकलाई पनि विस्तार गरि रहेको छ ।अहिले सिमकोट बजारको कालीचोक देखि काठेचुली सम्मको सडकलाई ७ मिटर चौडा गरि रहेको छ ।
सिमकोट गाउँ पालिकाले सिमकोट वजारको सडकलाई ७ मिटर चौडा गर्ने सुरुवाती वर्षमा केही बाधा अवरोधहरु वेहोर्नु परेको थियो । पछिल्लो समय स्थानियवासी स्वत स्फुर्तरुपमा आफुले लगाएका निजि पक्की घरहरु भत्काइ बजार क्षेत्रको सडकलाई चौडा गर्नेमा सहयोग पुर्याइ रहेका छन् ।
स्थानियवासीमा रोड चौडा भएमा सवारी साधनलाई आवत जावतमा सहज हुने तिनी सवारी साधन पनि हाम्रै लागी संचालन हुन्छन भन्ने चेतनाको विकास भए संगै आफ्ना निजि पक्की घरहरु पनि भत्काइ सडक विस्तारमा सहयोग गरि रहेका छन् ।
हुम्ला जिल्लाको सदरमुकाम सिमकोटको काली चोक देखि बालमन्द्रिर चोक सम्म सडक विस्तार कार्य भइ रहेको छ । विना स्वार्थ स्थानियवासीले २।३ तलाका घर भत्काइ रहेका छन् । यसको गाउ पालिका तथा कुनै पनि संघ संस्थाले क्षेती पुर्ती समेतको सहयोग नगरेमा दुख व्यक्त गरेका छन् ।
हामीले लाखौ लगानी गरेर जेनतेन घर बनाइयो अहिले सडक विस्तारले गर्दा घरहरु भत्तकाइदा यो भारी वर्षाका वेला ओत लाग्न समेत समस्या भएको एक जना घरधनीले बताएका छन् ।काली चोकमा लाखौ लगानी गरी बनाइएका कटेजमा संचालन भएका पसलहरु पनि भत्काइएका छन् । उनीहरुको व्यापार पनि ठप्प भएको छ ।
तीव्र गतिमा कर्णाली प्रदेशमा कोरोना संक्रमण फैलिरहेका बेला हुम्लामा हवाई मार्गबाट भित्रिनेका लागि पीसीआर परीक्षण अनिवार्य गरिए पनि पैदल यात्रीलाई भने त्यस्तो कुनै व्यवस्था गरिएको छैन ।
परीक्षण किटको अभाव भन्दै काठमाडौँ, नेपालगञ्ज र सुर्खेतबाट पैदल मार्ग भएर हुम्लामा मानिसहरु भित्रन थालेका छन् ।
स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहका अनुसार जिल्ला विपद व्यवस्थापन समितिले हवाई मार्गबाट जिल्ला भित्रिने यात्रुका लागि अनिवार्य पीसीआर परीक्षणको रिपोर्ट हुनुपर्ने निर्णय गरेपछि संक्रमित भित्रिने संभावना नभए पनि पैदल यात्रुलाई भने त्यस्तो व्यवस्था छैन ।
नेपालगञ्ज र सुर्खेतबाट हुम्लामा २७१ जना पैदल यात्री भित्रिएका छन् । यसरी जिल्ला भित्रिनेमा चंखेली, सर्केगार्ड, खार्पुनाथ र अदानचुली गाउँपालिकाका बासिन्दा रहेका छन् ।