राज शाही बुधबार, चैत्र २२, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला जिल्लाका ग्रामिण भेग सम्मै स्वास्थ्य क्षेत्रमा पहुच वढ्दै गएको छ । जिल्ला अस्पतालबाट मात्रै सेवा प्रवाह हुने हुम्ला जिल्लामा अहिले हुम्लाका ग्रामिण भेगबाटै सेवा प्रवाह हुन थालेका छन । यस अघि गर्भवति महिलाको गर्भमा रहेको शिसुको स्वास्थ्य अवस्था र आमाको शारीरिक अवस्था कस्तो छ भन्ने बारेमा जानकारी लिनका लागी जिल्लाका ७ वटै गाउँपालिकाका स्वास्थ्य संस्थाबाट सेवा प्रवाह हुन थालेका छन । स्वास्थ्य विभागको आर्थिक सहयोग सँगै गाउँपालिकाको पहलमा गर्भवति महिलाको भिडियो एक्सरेका लागी चाहिने आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध भए पछि गाउँपालिकाकै स्वास्थ्य संस्थाबाटै गर्भवति महिलाको गर्भ चेक जाँच हुने गरेको छ ।

हुम्ला जिल्लाको मध्य क्षेत्रमा रहेको चंखेली गाउँपालिका वडा नं ४ मा रहेको पिप्लाङ बर्थिङ सेन्टरमा गर्भवति महिलाहरुका लागी भिडियो एक्सरे सुरु भएको स्वास्थ्यकर्मी वल कुमार शाहीले बताएका छन् । सो वर्थिङ सेन्टरमा गर्भवति महिलाको भिडियो एक्सरे सुरु भए पछि सोही गाउँपालिका वडा नं ४ का गर्भवति महिला सँगै अन्य वडाका महिलाहरु पनि गर्भ चेक जाँच गर्न सोही वर्थिङ सेन्टरमा आउने गरेको शाहीले बताएका छन् । गर्भ अबस्थामा कम्तीमा ३ पटक र अन्य समस्या परेमा जतिखेर पनि video x-ray सेवा लिदा आमा र गर्भमा रहेको शिशुको समस्या समयमा पत्ता लाग्ने भएकाले चंखेली गाउँपालिकाको सहकार्यमा सो वर्थिङ सेन्टरमा भिडियो एक्सरे सेवा सुरु गरिएको जानकारी प्राप्त भएको छ । गर्भमा रहेको बच्चाको अवस्था केछ उल्टो सुल्टो के छ पोष्ण पुगेको छ वा छैन लगाएतका स्वास्थ्य सम्बन्धी जानकारी लिनका लागी पनि भिडियो एक्सरे सेवा संचालन भएको खवर प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
साहित्यकार बसन्त रोकाया ( बसन्त श्री ) को भोट खण्ड काव्य बिमोचन हुँदै
पुर्ण खोप सुनिश्चित घोषित कार्यक्रममा हुम्लाका ४ जना पत्रकार सम्मानित
नेपाल उत्पिडित जातिय मुक्ति समाजको अध्यक्षमा लालधन टमट्टा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९