राज शाही बुधबार, चैत्र २२, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला जिल्लाको निर्वाचन क्षेत्र नं क मा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गठन गरिएको छ । समय परिस्थिती अनुसार शिक्षाको स्वरुप , तरिका , श्रोत, साधन , पाठ्क्रम , नीति , लक्ष, योजना , पायपुस्तक र तिनीहरूका विषयवस्तु , कार्यान्वयन विधि तथा जनशक्ति परिचालन जस्ता क्षेत्रहरूमा व्यापक परिमार्जन हुँदै गइरहेका छन् र हुनु आवश्यक पनि छ ।
यसैलाई मध्यनजर रही ताँजाकोट गाउँपालिकामा सामुदायीक विद्यालय महासंघ गठन गरिएको ताँजाकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले बताएका छन् । ताँजाकोट गाउँपालिकामा गठन गरिएको सामुदायिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा परिमल सुनार, उपाध्यक्षमा विरमान खड्का, सचिव प्रदिप जैसी, कोषाध्यक्ष राजकला रोकाया, सदस्यहरुमा गोर्ख बहादुर शाही, गोर्खबहादुर कामी,देवि चन्द बोगटी,हजारी शाही र किथकला सुनार रहेको सोही गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत लाल प्रसाद ढकालले बताएका छन् । निमित्त प्रमुख जैसीका अनुसार ताँजाकोट गाउँपालिकामा संचालित आधारभुत तह देखि माध्यामिक विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु वैठक वसी वृहत छलफल गरी सहमतीमा निर्विरोध चयन गरिएका बताएका छन् ।

नेपालको वर्तमान अवस्थामा शिक्षालाई सिपमुलक र व्यावहारिक लगायत अन्तर्राष्ट्रिय प्रतिस्पर्धातमक बनाउने प्रयास भइरहेको देखिन्छन्। यसमा सरकारी , गैर सरकारी , अन्तर्राष्ट्रिय गैर सरकारी तथा अन्य दातृ निकायहरूको त्यतिकै सक्रियता र संलग्नता पनि रहँदै आएको छ। निजी क्षेत्रको समेत लगानी , चासो र सरोकार रहेको नेपालको शिक्षा क्षेत्रमा पछिल्ला समयमा सामुदायिक बिद्यालयले पनि शैक्षिक गुणस्तरका लागि गरेका अथक प्रयास र मिहेनतको कारण औसतमा केहि हदसम्म सरकारी शिक्षा बजेट त्यसै खेर गइरहेको भन्ने आम गुनासो मसिनो हँदै गएको महशुस गर्न सकिएको सोही गाउँपालिका अध्यक्ष जैसीले बताएको हाम्रा स्थानिय संवाददाता राम वुढाले बताएका छन् । कुनै पनि बिद्यालयको गुणस्तर , दिगोपना र सम्वृद्धिका लागि त्यसको बिद्यालय प्रशासन र व्यवस्थापनको पनि अहम भुमिका हुने भएकाले ताँजाकोट गाउँपालिकामा सामुदायीक विद्यालय व्यवस्थापन समिति महासंघ गठन गरिएको सोही गाउँपालिकाका उपाध्यक्ष सुरेन्द्र थापाले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
हुम्लामा चिसोले बाटोमा अलपत्र परेका एक जनालाइ नेपाल प्रहरीले उद्धार
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई अदालतले सफाई दिएसंगै हुम्ला जिल्ला भर दिपावली

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९