कर्णाली प्रदेशको हुम्ला जिल्ला प्रदेश निर्वाचन क्षेत्र ख को खार्पुनाथ गाउँपालिकामा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । शोमबार विहान १० वजेबाट खार्पुनाथ गाउँपालिका केन्द्र याँङचु बजारमा सुरु भएको रनिङ सिल्ड प्रतियोगिताको उत्घाटन सोही गाउँपालिकाका कार्यवाहक अध्यक्ष भरतजंग शाहीले गरेका थिए । साधारण तया खेलहरु सुरु हुँदा प्रमुख अतिथीलाई खेलाडीले दिइने पृर्के सालमी नखाइ समान्य ढंगले सलामी लिइ कार्यवाह वडा अध्यक्षले प्रतियोगिता सुरु गरिएको सोही गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुबहादुर शाहीले बताएका छन् ।
शान्त सुवार्द्ध पुर्ण वातावरणमा संचालन भएको खार्पुनाथको चौथो राष्ट्रपति रनिशिल्ड प्रतियोगिताको अध्यक्ष सोही गाउँपालिका वडा नं २ का वडा अध्यक्ष चन्द्र रावलको अध्यक्षता र कार्यवाहक गाउँपालिकाका अध्यक्ष भरतजंग शाहीको प्रमुख आतिथ्यमा संचालन भएको थियो ।
हुम्ला जिल्लाका ७ वटा गाउँपालिका मध्य राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता गर्ने पहिलो खार्पुनाथ गाउँपालिकाको चौथो राष्टपति रनिसिल्ड प्रतियोगितामा सोही गाउँपालिकाका ५ वटा माध्यमिक विद्यालयका १८ वर्ष मुनीका विद्यार्थीले भाग लिएका छन । ४ दिन सम्म संचालन हुने प्रतियोगितमा २ वटा विद्यामा प्रतियोगिता संचालन भएको सोही गाउँपालिका शिक्षा शाखा प्रमुख ललित जंग शाहीले बताएका छन् । एथले्ष्टिक र भलिवल विद्यामा संचालन भएको प्रतियोगितामा छात्र र छात्राका लागी छुट्टा छुट्टै प्रतियोगिताको व्यवस्था गरीएको सोही गाउँपालिका वडा नं ४ की वडा अध्यक्ष रंगमति शाहीले बताएकी छन् ।
खार्पुनाथ गाउँपालिकाका मान्धारा माध्यामिक विद्यालय खार्पुनाथ ५, सिता माध्यामिक विद्यालय खार्पुना ४, संकर माध्यामिक विद्यालय खार्पुनाथ २, हुम्ला माध्यामिक विद्यालय खार्पुनाथ ३ र मालिका माध्यामिक विद्यालय खार्पुनाथ १ का १ सय ४५ जना खेलाडीहरुको सहभागीता रहेको आयोजक संकर माध्यामिक विद्यालयका प्रधानाध्यापक वृर्षबहादुर छत्यालले बताएका छन् ।
प्रतियोगिता खार्पुनाथ गाउँपालिका भित्र रहेका ५ वटा माध्यामिक विद्यालय स्तरिय हुँदै छ ।