सुक्रबार विहान ८ वजेबाट सुरु भएको माध्यामिक शिक्षा परिक्षा एसईईमा १२ सय ६ जनाले हुम्ला जिल्लाबाट परिक्षा दिएका छन् । जसमा २८ जनाको अनुउपस्थित रहेको थियो । जिल्लाका ६ वटा परिक्षा केन्द्रबाट संचालन भएको परिक्षामा ६ सय ४४ छात्र र ५ सय ६२ छात्राले परिक्षा दिएको जानकारी प्राप्त भएको छ । हुम्ला जिल्लामा संचालन भएको एसइइ परिक्षामा ६० वर्षका जेष्ठ नागरीकले परिक्षा दिएका छन् ।
परिक्षा दिनेमा हुम्ला जिल्ला सर्केगाड गाउँपालिका वडा नं ५ वस्ने वर्ष ६० का मानबहादुर शाही रहेका छन् । शाहीले कोट माध्यामिक विद्यालयबाट परिक्षा दिएका हुन । ६० वर्षका वुबा र १५ वर्षका छोरा यज्ञबहादुर शाहीले एउटै परिक्षा केन्द्रबाट परिक्षा दिएका छन् । त्यसै गरी ५० वर्षका बुबा र १६ वर्षकी छोरीले एउटै परिक्षा केन्द्रमा परिक्षा दिएका छन् । परिक्षा दिनेमा सर्केगाड गाउँपालिका वडा नं १ वस्ने वर्ष ५०का नन्दलाल बुमी र १६ वर्षकी छोरी जयलक्ष्मी वुमी रहेकी छन् ।
त्यसै गरी अदानचुली गाउँपालिकामा एक जना ४८ वर्षका र एक जना ३८ वर्षका परिक्षार्थीले परिक्षा दिएका छन् । ४८ वर्षका कमलबहादुर वुढा र ३८ वर्षका बाँचे वुढाले दिएका दिएको जानकारी दिएका हुन । यी दुवै जनाले सुर्यदय माध्यामिक विद्यालय परिक्षा केन्द्रबाट परिक्षा दिएका हुन । मदना देव माध्यामिक परिक्षा केन्द्रबाट जम्मा २ सय ३० जनाले परिक्षा दिएका छन । जसमा छात्र १ सय १२ छात्रा १ सय १८ रहेका छन् ।अनुउपस्थित हुनेमा २ जना छात्रा र ३ जना छात्र गरी ५ जना रहेको जानकारी प्राप्त भएको छ । उक्त परिक्षा केन्द्रबाट परिक्षा दिनका लागी २ सय ३५ जनाले परिक्षा फाराम भरेको हाम्रा स्थानिय संवाददाता राम बुढाले बताएका छन् ।
त्यसै गरी कोट माध्यामिक विद्यालय रोडिकोटमा जम्मा परिक्षार्थीको संख्या १ सय ४५ जना रहेकोमा उपस्थित संख्या १ सय ४४ जना रहेका छन् । जसमा छात्र ९२ र छात्रा ५१ जना रहेका छन् । जसमा १ जना छात्राको अनुउपस्थित रहेको थियो । हिमज्योती माध्यामिक विद्यालय सर्केगाड जम्मा परिक्षार्थीको संख्या २ सय ५२ जना रहेकोमा २ सय ४६ जनाले परिक्षा दिएका छन् । जसमा छात्रा १ सय ६ र छात्र १ सय ३६ जनाले परिक्षा दिएका छन् । एक जना छात्रा र ३ जना छात्र गरी ४ जनाको अनुउपस्थित रहेको स्थानिय संवाददाता ओम प्रसाद जैसीले बताएका छन् । खाने मुखलाई जुगाले छेक्दैन भने झै ६० वर्षका जेष्ठ नागरीकले आफ्नो छोरा संग एस इइ परिक्षा दिएका छन् । शिक्षा लिनको लागी उमेरले छेक्दैन भन्ने उदारणका रुपमा उनी देखिएका छन् ।