राज शाही सोमबार, चैत्र १३, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

७५ वर्ष माथिका जेष्ठ नागरिकलाई बलाङकेट वितरण गरिएको छ । वलाङकेट हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नं ५ का वस्तीका जेष्ठ नागरिकलाई वितरण गरिएको वडा अध्यक्ष भरतजंग शाहीले बताएका छन् । खार्पुनाथ गाउँपालिकाको आर्थिक सहयोग र वडा नं ५ का वडा अध्यक्ष भरतजंग शाहीको पहलमा उक्त वलाङकेट वितरण गरिएको हो ।

हिमाली जिल्ला हुम्लामा चैत महिनाको १३ गते सम्म पनि हिमपात भइरहेको र यहाँका हिमालहरुमा करिव ५ फिट सम्म हिउ जम्दा तापक्रम माइनस ५ डिग्री सम्म रहने गरेको छ । यसले गर्दा जेष्ठ नागरीकहरु यो चिसो मौसमको कठ्याग्रिने जाडोमा उनीहरुलाई न्यानो गर्न र चिसोबाट बचाइ दम निमोनिया जस्ता रोगबाट बचाउनका लागी पनि उक्त बलाङकेट वितरण गरिएको वडा अध्यक्ष शाहीले बताएका छन् ।

आज सोमबार खार्पुनाथ गाउँपालिकाको वडा नं ५ मा एक कार्यक्रमको आयोजना गरि ७५ वर्ष माथिका ३१ जना जेष्ठ नागरिकलाई फाइवर वालाङकेट वितरण गरिएको शाहीले बताएका छन् । औषधी उपचारका लागी वडा पालिका बाहिर रहेका जेष्ठ नागरिकको हकमा निजहरुका नातेदारलाई वलाङकेट उपलब्ध गराइएको अध्यक्ष शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
साहित्यकार बसन्त रोकाया ( बसन्त श्री ) को भोट खण्ड काव्य बिमोचन हुँदै
पुर्ण खोप सुनिश्चित घोषित कार्यक्रममा हुम्लाका ४ जना पत्रकार सम्मानित
नेपाल उत्पिडित जातिय मुक्ति समाजको अध्यक्षमा लालधन टमट्टा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९