राज शाही मंगलबार, चैत्र ०७, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

गाउँपालिका स्तरीय सहजीकरण समिति गठन गरिएको छ । उक्त समिति अदानचुली गाउँपालिकाको आयोजना र भुमि आयोगको सहजीकरणमा मगलबार अदानचुली गाउँपालिकामा गठन गरिएको हो । भुमी हिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासको लागत संकलन सम्बन्धी कार्य विधि २०७८ बमोझिम उक्त कार्यसमिति गठन गरिएको हाम्रा अदानचुली संवाददाता राम वुढाले बताएका छन । जसमा अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहको अध्यक्षतामा ११ सदसिय सो समिति गठन गरिएको हो ।

उपसंयोजकमा सोही गाउँपालिका उपाध्यक्ष कर्ण रोकाया, नेपाली काँग्रेसका अदानचुली गाउँपालिका सभापति शेरबहादुर वुढा, नेकपा एमालेका अदानचुली गाउँपालिका इन्चार्ज वुध भण्डारी,नेकपा माओवादी केन्द्रका हरिदल पुन, एकिकृत समाजवादीबाट नवराज कामी, अदानचुली कार्यपालिका सदस्य कमल नेपाली र महिलाबाट छ्याउका वुढा लगाएतका रहने गरी ११ सदसिय सहजीकरण समिति गठन गरिएको हो ।

अदनचुली गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिहको अध्यक्षता रहेको अभिमुखी करणमा सहभागीहरु लाइ प्रशिक्षण सँगै भुमि आयोगका बारेमा जानकारी सोही आयोगका जिल्ला विज्ञ सदस्य मक्क सुनारले गरेको संवाददाता राम वुढाले बताएका छन्। भुमि आयोग जिल्ला कार्यसमितिले २५ वटा काम गर्नु पर्ने, भुमि आयोग गाउँपालिका समितिले ३१ वटा र नापी कार्यालयले ३१ वटा काम गर्नु पर्ने बारेमा जानकारी अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिहले उपस्थितहरुलाई जानकारी गराएका थिए।

यो समिति गठन भए संगै गाउँपालिकामा जिम्मेवारी थपिएको, यसको कार्यान्वयनमा चुनौती रहेको, भुमिहिनलाई भुमी हस्तान्तरण गर्नु अत्यन्तैजटिल काम भएकाले यसमा सरोकार राख्ने निकायको भुमिका उल्लखनिय हुने भएकाले सबैको साथ सहयोगको अपक्षा राखेको अदानचुली गाउँपालिका उपाध्यक्ष कर्ण रोकायाले बताएका थिए।


कार्यक्रममा भुमि आयोग जिल्ला कार्यसमितिका पदाधिकारी, पत्रकार, नागरीक समाज, राजनैतिक दलका प्रमुख एव प्रतिनिधि, जनप्रतिनिधि लगाएतको उपस्थित रहेको थियो । भुमि हिन दलित, भुमिहिन सुकम्वासी तथा अव्यवस्थित बसोबासको पहिचान लगात संकलन प्रमाणीकरण तथा नाप नक्सा गर्ने कार्यमा सहयोग र सहजिकरणका गर्न स्थानिय तहमा उक्त समिति गठन गरिएको हो । यो जिल्लाका सात वटै गाउँपालिकामा गठन हुने भुमि आयोगका जिल्ला सदस्य वर्षबहादुर शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई अदालतले सफाई दिएसंगै हुम्ला जिल्ला भर दिपावली
वाइडबडी भ्रष्टाचार मुद्दामा पूर्व पर्यटनमन्त्री शाहीले पाए सफाइ

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९