राज शाही शुक्रबार, फाल्गुण २६, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

रैथाने वाली नेपाल खाध्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई हस्तान्त्रण गरिएको छ । सिमकोट गाउँपालिकाको पहलमा र नेपाल खाध्यव्यवस्था तथा व्यापार कम्पनीको आर्थिक सहयोगमा खरिद गरिएको रैथाने वाली चिनो, फापर, सिमि र काउनो सिमकोट गाउँपालिकाले नेपाल खाध्य व्यवस्था तथा व्यापार कम्पनीलाई एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेको छ । सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, उपाध्यक्ष सुसिला रोकाया, प्रमुख प्रशासकिय अधिकृत उजिर रोकाया र कृषि शाखा प्रमुख नेत्र शाहीको सहभागिता रहेको थियो ।

सुक्रबार दिनको २ वजे नेपाल खाध्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालयमा संचालन भएको कार्यक्रममा स्थानिय रैथानवालीको उत्पादनलाई प्रोत्साहन गर्नका लागी पनि रैथानेवाली खरिद गरिएको , सिमकोट गाउँपालिकाको बाँझो जग्गालाई उब्जनी युक्त बनाउन र कृषकमा देखिएको अल्क्षीपना हटाउन र परनिर्भरलाई हटाइ, आत्म निर्भर बनाउनका लागी पनि रैथाने वाली खरिद गरिएको र सिमकोट गाउँपालिकाले पहिलो पटक स्थानिय वालीको दररेट निर्धारण गरिएको सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले बताएका छन् ।

सिमकोट गाउँपालिकाका कृषकले उत्पादन गरेको रैथानेवालीलाई सिमकोट गाउँपालिकाको पहलमा खरिद गरी जिल्ला बाहिरको पोखरा नेपालगन्ज सुर्खेत काठमाण्डौ जस्ता सहरमा बजारीकरण गरि स्थानिय उत्पादनलाई मुल्यवान बनाइने, भावि दिनहरुमा सिमकोट गाउँपालिकामा उत्पादन हुने चिनो, फापर, सिमि र काउनो मात्र खरिद नगरी अन्य वाली पनि खरिद गर्ने तिर पहल गर्ने नेपाल खाध्य व्यवस्था तथा व्यापार कम्पनी प्रमुख कृष्ण प्रसाद अधिकारीले बताएका थिए।

स्थानिय रैथाने वाली उत्पादन गरी सिमकोट गाउँपालिकाका स्थानियवासीलाई परनिर्भर हुनबाट जोगाइ स्थानिय पोषण युक्त अन्नबाली उत्पादन गर्ने वानी बसाली सेवन गर्नमा वढी जोड गरिने सोही गाउँपालिकाका उपाध्यक्ष शुसिला रोकायाले बताएकी थिइन ।

सिमकोट गाउँपालिकाले खरिद गरेको खाध्यन्न मध्य ५ कुन्टल सिमि, १२ कुन्टल चिनो,१० कुन्ट फापर र ६० केजी काउनो बजारीकरणका लागी नेपाल खाद्यव्यवस्था तथा व्यापार कम्पनीलाई हस्तान्तरण गरेको सोही गाउँपालिका कृषि शाखा प्रमुख नेत्र बहादुर शाहीले बताएका छन् । हवाइ जहाज नियमित नहुँदा ढुवानीमा केही समस्या देखिएको र मौजात गरिएको चिनोको चामललाई जोगाइ राख्न केही कठिन देखिएको छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लामा चिसोले बाटोमा अलपत्र परेका एक जनालाइ नेपाल प्रहरीले उद्धार
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई अदालतले सफाई दिएसंगै हुम्ला जिल्ला भर दिपावली

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९