राज शाही शनिबार, फाल्गुण २०, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले पसलबाट बीक्री हुने सामानको मुल्य निर्धारण गरेको झै हुम्ला जिल्लामा उत्पादन हुने अन्नवालीको पनि दररेट निर्धारण गर्नु आवश्यक रहेको बताएका छन् । हुम्ला जिल्लामा जग्गा जमिन, निर्माण सामाग्रीको मुल्य निर्धारण गरी खरिद विक्री गरिए झै हुम्ला जिल्लामा उत्पादन हुने फलफुल, तरकारी, अन्न बालीको पनि जिल्ला दररेट निर्धारण समितिले मुल्य निर्धारण गर्नु आवश्यक रहेको बताएका छन् ।

सिमकोट गाउँपालिका भित्रका वेरोजगारलाई रोजकार दिने हेतुले स्थानिय रैथान बाली खरिद गरेको छ । यस अघि खरिदका लागी गाउँपालिका भित्रका वासिन्दालाई आव्हान गरेकोमा हाल खरिद गरि अन्नलाई सुद्धिकरण गर्ने काम गरि रहेको छ ।

हाल सम्म सिमकोट गाउँपालिकाले चिनो २५ कुन्टल खरिद गरेकोमा सुद्धिकरण गरि ६ कुन्टल भएको, सिमी ७ कुन्टल, काउनो ७ कुन्टल र फापर १० कुन्टल खरिद सुद्धिकरण गरि रहेको सोही गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताएका छन् । सोही अनुसार महिलाको कार्यवोझ कम गर्नका लागी यस अघि महिला समुहमा वितरण गरिएका कुटानी पिसानी मिलबाट अन्नलाई सुद्धिकरण गर्नेकाम भइ रहेको सोही गाउँपालिका उपाध्यक्ष सुसिला रोकायाले बताएकी छन् ।

यसले गर्दा एका तिर बाँझो रहेको जमिन खेतीयोग्य वनी उत्पादनमा कृषकहरुको रुचि बढ्ने र अर्को तर्फ वेरोजगारले रोजगारी पाइ आर्थिक उपार्जनको राम्रो माध्यम वन्ने सिमकोट गाउँपालिकाका शाखा अधिकृत ममता रोकायाले बताएकी छन् । यस अघि नेपाल खाध्य व्यवस्था तथा व्यापार कम्पनी सँगै सरोकारवाला निकायले तोकिएको अन्नको मुल्य माथि १० रुपैंया सिमकोट गाउँपालिकाले थप गरी स्थानिय रैथाने बालि खरिद गरि रहेको अध्यक्ष भण्डारीले बताएका छन् ।

सोही अनुसार नाम्खा गाउँपालिका अध्यक्ष प्रेम लामाले हुम्ला जिल्लाका ७ वटै गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष संगै जन प्रतिनिधिको संयुक्त बैठक वसी उत्पादनलाई हेरी मुल्य निर्धारण गर्न सकेको खण्डमा क्रता र विक्रता दुवैलाई राहत हुने बताएका छन् । सिमकोट गाउँपालिका संगै जिल्लाका अन्य ६ वटा गाउँपालिकामा उत्पादन भएको रैथानबालीको ब्रान्डिङ सँगै मुल्य निर्धारण गरी प्रचार प्रसार गर्न सकेको खण्डमा यसको बजार खोज्नु नपर्ने खरिदकर्ता कृषकको घरदैलोमै पुग्ने सिमकोट गाउँपालिका उपाध्यक्ष शुसिला रोकायाले बताइन ।

सम्बन्धित

ताजा अपडेट
हुम्लामा चिसोले बाटोमा अलपत्र परेका एक जनालाइ नेपाल प्रहरीले उद्धार
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई अदालतले सफाई दिएसंगै हुम्ला जिल्ला भर दिपावली

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९