फागुन २२ गते देखि चैत १ गते सम्म मतदाता नामावली अद्यावधिक दावी विरोध लगाएतका कार्यक्रम संचालन हुने भएका छन् । चितवन जिल्लाको निर्वाचन क्षेत्र २ मा प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन हुने भएपछि नेपाल अधिराज्य भर मतदाता नामावली अद्यावधिक दावी विरोध लगाएतका कार्यक्रम निर्वाचन आयोगले गर्न लागेको हो । सोही बमोजिम हुम्ला जिल्लाले पनि मतदादता नामावली अद्यावधिक दावी विरोधका कार्यक्रम यहि फागुन २२ गते देखि आगामी चैत १ गते सम्म संचालन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
जसमा मतदाता नामावली ऐन २०७३ को दफा १३ बमोजिम मतदाता नामावली फागुन २२ गते जिल्लाका ७ वटै गाउँपालिकाको ४४ वटै वडामा प्रकासन गर्ने,प्रकासित मतदाता नामावलीमा त्रुटी सच्याउने सम्बन्धित प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा फागुन २३ गते,झुठ्ठा नामावली माथि उजुरी दिने, एक भन्दा वढी ठाउँमा मतदाता नामावलि दर्ता भएको भए एक ठाउँको मतदाता नामावलीमा नाम हटाउनको लागी निवेदन दिने मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागी सुचना दिने समया अवधि फागुन २३ गते देखि २५ गते सम्म राखिएको छ । मृत्यु भएका वा नागरिकता त्याग गरेका वा नागरिकता रद्द भएका मतदाताको विवरण स्थानिय पन्जिका अधिकारीबाट प्राप्त गर्ने फागुन २६ गते राखिएको छ ।
त्यसै गरी उजुरी परेको मतदातालाई प्रमाणसहित सफाइको मौका दिने, नागरिकता त्याग गरेका वा नागरिकता रद्द भएका मतदाताको नाम मतदाता नामावलीबाट हटाउने सम्बन्धमा आवश्यक छानवीन गरी प्रमुख नाम दर्ता अधिकारीले निर्णय गर्ने, मतदाता वसाइ सरी गएको मृत्यु भएको नागरिकता त्याग वा रद्द भएको व्यहोरा प्रमाणित हुन आएमा त्यस्तो मतदाताको नाम नामावलीबाट हटाउने समयावधि फागुन २७ गते सम्म राखिएको छ । मतदाता नामावलीमा परेको उजुरी माथि मतदाताले दिएको सफाइको आधारमा उक्त मतदाताको नामावलीबाट नाम हटाउने वा राख्ने सम्बन्धमा प्रमुख नाम दर्ता अधिकारीले निर्णय गर्ने, त्रृटी सच्याउनका लागी परेको निवेदन माथि जाँचवुझ गरी प्रमुख नाम दर्ता अधिकारीले त्रृटि सच्याउने समयावधि फागुन २८ गते सम्म रहेको छ ।
त्रृटि सच्याइको, नाम हटाइएको सुचना निर्वाचन कार्यालयमा प्रकासन गर्ने समया अवधि फागुन २९ सम्म समयावधि तोकेको छ । सोही अनुसार जिल्लामा दोहोरो नाम परेको सम्बन्धमा निवेदन प्राप्त भए सोको छुट्टै विवरण तयार गरी जिल्लामा अद्यावधिक भएको डाटासँगै आयोगमा पठाउने जिल्ला निर्वाचन कार्यालयले चैत १ गते गर्ने वताउदै जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी श्यामबहादुर रानाले बताएका छन्।
सोही विषयमा छलफलका लागी विहिवार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा मतदाता नामावली अद्यावधिक दावी विरोध समेतका कार्यक्रमका बारेमा जिल्ला प्रशासन कार्यालयमा अन्तरक्रिया गरिएको थियो । सोही अन्तरक्रिया कार्यक्रममा आफ्नो भनाइ राख्दै प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले यसरी बताएका छन् । अन्तरक्रिया कार्यक्रममा प्रहरी नायव उपरिक्षक भिमलाल भटराइ, ससत्र प्रहरी नायव उपरिक्षक संकरसिंह धामी, घरेलु उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय प्रमुख अभयराज रेग्मी, अनुसन्धान अधिकृत सत्या रावत, खानेपानी तथा सिचाइ कार्यालय प्रमुख अकल महत लगाएत राजनैतिक दलका प्रमुख एव प्रतिनिधि, संचारकर्मीको सहभागीता रहेको थियो ।