जिल्ला प्रहरी कार्यालयको सहकार्य र समुदाय प्रहरी साझेदारी कार्यक्रको आयोजनामा बाल विवाह सम्बन्धि जनचेतनामुलक कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रम हुम्ला जिल्ला सदरमुकाम सिमकोट वडा नं ६ मा संचालित कालासिल्ता आधारभुत विद्यालयमा संचालन गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी हवाल्दार प्रेमबहादुर रोकायाले बताएका छन् । प्रहरी हवाल्दार रोकायाको कमाण्डमा ४ जना प्रहरी टोली खटी सोही वडाका वडा सदस्य गुयाला रावतको प्रमुख आतिथ्यमा फागुन १४ गते सोही विद्यालयमा अध्यनरत छात्र छाबा र शिक्षक अविभावकको उपस्थितमा बाल विवाह न्यूनिकरण सम्बन्धी जनचेतना मुलक कार्यक्रम संचालन गरेको जानकारी प्राप्त भएको छ ।
बालविवाह सम्बन्धि जनचेतनामुलक कार्यक्रम विद्यालयमा संचालन हुँदा आफ्ना बालबालिका मार्फत अविभावकलाई समेत जानकारी हुने र बालबालिका आफैले पनि उमेर नपुगी विवाह गर्नु हुँदैन भन्ने मानसिकताको विकास हुनुका साथै बालबाविबाह गर्दा बालबालिकामा पर्ने सामाजिक आर्थिक मानसिक शैक्षिक विषयको समेत ज्ञान भइ बालबिबाह न्युनियकरण गर्न सहज हुने प्रहरी नायव उपरिक्षक भिमलाल भट्राइले बताएका छन् ।
हिमाली जिल्ला हुम्लामा रहेको नेपाल प्रहरीले समुदाय स्तरमा उदारणीय काम गर्दै आएको छ । समुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत हुम्लाको समुदाय स्तरमा सरसफाइ, अपराधिक घटना निउनीकरणका लागी जनचेतनामुलक कार्यक्रम संचालन, लागु औषध दुरवेसनी लगायत बालबिबाह, बहुविवाह जस्ता कानून कक्षा विद्यालयमा संचालन, घरेलु मदिरा उत्पादन तथा वेच विखनलाई नियन्त्रण जस्ता काम कार्य गर्नुले हुम्ला जिल्ला प्रहरी कार्यालय उदारणी वन्दै गएको छ ।