हिमाली जिल्ला हुम्लामा रहेको नेपाल प्रहरीले समुदाय स्तरमा उदारणीय काम गर्दै आएको छ । समुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत हुम्लाको समुदाय स्तरमा सरसफाइ, अपराधिक घटना निउनीकरणका लागी जनचेतनामुलक कार्यक्रम संचालन, लागु औषध दुरवेसनी लगायत बालबिबाह, बहुविवाह जस्ता कानून कक्षा विद्यालयमा संचालन, घरेलु मदिरा उत्पादन तथा वेच विखनलाई नियन्त्रण जस्ता काम कार्य गर्नुले हुम्ला जिल्ला प्रहरी कार्यालय उदारणी वन्दै गएको छ ।
सोमबार ७३ औ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा हुम्ली जनताको आस्ताको मन्दिर बाँण्डपाल देवताको मन्दिर परिषर सरसफाइ गरेको छ ।प्रहरी नायव निरिक्षक मोहनदत्त भट्टको कमाण्डमा १३ जना नेपाल प्रहरीको टोली खटि उक्त मन्दिर सरसफाइ गरेको हो । सो मन्दिर सिमकोट गाउँपालिका वडा नं ५ मानसरोवर बहुमुखी क्याम्पसको पराङगणमा रहेको छ ।
जिल्ला प्रहरी कार्यालयका मातहतमा रहेका प्रहरी चौकीहरुले गाउँ गाउँमा पुगी अपराधिक घटनाका विरुद्ध जनचेतनामुलक कार्यक्रम संचालन गर्दै आएको छन । त्यसै गरी नेपाल प्रहरीले हुम्ला जिल्लामा स्थापित विद्यालयमा पुगी लागुऔषध दुरवेसनी कक्षा संचालन, सवारी दुर्घटना, छाउपढी प्रर्था, महिला हिम्सा बालविबाह लगाएत जनचेतनाममुलक कार्यक्रम संचालन गर्दै आएको छ ।