राज शाही बुधबार, फाल्गुण ०३, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखाको पहलमा घरधुरी सर्वेक्षण गरिएको छ । उक्त घरधुरी सर्वेक्षण खार्पुनाथ गाउँपालिका वडा नं ३ रायामा गरिएको हो । स्वास्थ्यका आवश्यक सुचकहरु निर्माण गरी घरधुरी सर्वेक्षण गरी बुधवार राया स्वास्थ्य चौकी इन्चार्जले एक कार्यक्रमको आयोजना गरी सार्वजनिकिकरण गरेको खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वलिराज शाहीले बताएका छन् ।


राया स्वास्थ्य चौकी इन्चार्ज विरसिंह रावलले सर्वेक्षण गरेको तथ्याङका अनुसार खार्पुनाथ गाउँपालिका वडा नं ३ राया जम्मा घरधुरी २ सय ४८ रहेकोमा सो घरधुरीमा बसोबास गर्नेको संख्या १ हजार ४ सय ३८ रहेको र जसमा महिला ७ सय १२ र पुरुषको संख्या ७ सय २६ रहेको इन्चार्ज रावलले बताएका छन् । त्यसै गरी सोही वडामा दलितको संख्या २ सय ७०, जनजाती ७ सय ३३,क्षेत्री २ सय १५ र अन्य २ सय १८ जना रहेको उक्त तथ्याङकले देखएको छ ।

सोही वडामा ७० वर्ष माथिका ४५ जना, २० वर्ष देखि ५९ वर्ष भित्रका ६ सय २३ जना र ६० वर्ष देखि ६९ वर्ष समुहका ४९ जना रहेको इन्चार्ज रावलले बताएका छन् । सौचालय प्रयोग गर्ने घरधुरीको संख्या २ सय ८ जना रहेको उक्त तथ्याङकले देखाएको छ । सोही अनुसार गर्भवतीको संख्या १९, खोप लगाउने ६३ जना रहेका छन् । त्यसै गरी २ वर्ष देखि ५ वर्ष उमेर समुहका १ सय २७ जना, ६ देखि ९ वर्ष समुहका १ सय ३९ जना र १२ देखि २३ वर्ष उमेर समुहका वालकालिकाको संख्या ३३ जना र ० देखि ११ वर्ष उमेर समुहका वालबालिकाको संख्या ३७ जना रहेको सोही स्वास्थ्य चौकी इन्चार्ज विरसिह रावलले बताएका छन् ।

सो तथ्याङक सार्वजनिकिकरणको अध्यक्षता सोही वडाका कार्यवाहक वडा अध्यक्ष छत्ता वुढाको र प्रमुख आतिथ्य हुम्ला माध्यामिक विद्यालय रायाका शिक्षक राम सिंङ रावलको रहेको थियो । घरधुरी सर्वेक्षण कार्यक्रम माघ २३ गतेबाट सुरु गरी माघ २९ गते सम्पन्न भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
खाध्य शाखा सिमकोटमा ४ हजार ५ सय ५८ .३३ कुन्टल खाध्यन्न मौजात
हुम्लामा चिसोले बाटोमा अलपत्र परेका एक जनालाइ नेपाल प्रहरीले उद्धार
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९