राज शाही बुधबार, माघ २५, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

हिमाली जिल्ला हुम्लाले नयाँ डिएसपी पाएको छ । यस अघिका डिएसपी सरुवा भइ अन्यन्त्र गए पछि निमित्तको भरकमा करिव १ महिना निमित्त प्रहरी निरिक्षक गिता प्रसाद चौधरीले हुम्ला जिल्लाको प्रहरी कार्यालय समाली रहेका थिए । नयाँ डिएसपी माघ २४ गते हुम्ला आइ पुगे संगै माघ २५ गते आज बुधबार जिल्लामा स्थापित पत्रकारहरु सँग जिल्लाको वस्तु स्थिती सँगै सुरक्षाको अवस्था लागु औषध कारोबार, बालबिबाह, बहुविवाह ,जातिय छुवाछुत, मदिराको सेवन, उत्पादन, सवारी दुरघटना, सिमा सुरक्षा लगाएतका विषय वस्तु माथि छलफल सँगै परिचयात्मक कार्यक्रम संचालन गरेका छन् ।

सोही क्रममा प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले हुम्ला स्वर्ग जस्तै ठाउँ भएको यहाँको पर्यटन क्षेत्रको विकास गरी पर्यटकहरुको आगमनलाई वढवा दिन सकेको खण्डमा हुम्लीको आयश्रोत वृद्धि हुनुका साथै हुम्लाको कायपलट गर्न सकिने बताएका छन् । हुम्लाको शान्ती सुरक्षालाई सदैव आत्म साथ गर्दै यहाँको विकासे गतिविधिमा पनि आफ्नो साथ सहयोग रने प्रहरी नायव उपरिक्षक भट्राइले बताएका छन् । आफु हुम्ला रहँदा वस्दा आफ्नो कार्यकाल भरी यहाँको सवारी दुर्घटना, मानव वेचविखन लगाएतका कार्यहरुलाई निरुत्साहीत गर्न आफु लागी पर्ने बताएका छन् ।

स्थाइ घर गुल्मी भए पनि बसोबास रुपन्देही वुटलमा गर्दै आएका प्रहरी नायव उपरिक्षक दाङतुलसीपुरबाट सरुवा भइ हुम्ला आएका हुन । जिल्ला प्रहरी कार्यालयको आयोजनामा वुधबार दिनको १ वजे संचालन भएको पत्रकार भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष राजन रावत, उपाध्यक्ष राज शाही, सचिव नन्द सिंह, सहसचिव छपाल लामा, सदस्य वेलुमाया महतारा, दलसरा परियार, वरिष्ठ पत्रकार हरिवहादुर रावत, संस्थापक सदस्य मिम सिह नेपाली, नरजन तामाङ लगाएयतको उपस्थित रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
खाध्य शाखा सिमकोटमा ४ हजार ५ सय ५८ .३३ कुन्टल खाध्यन्न मौजात
हुम्लामा चिसोले बाटोमा अलपत्र परेका एक जनालाइ नेपाल प्रहरीले उद्धार
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९