शान्तिकुमारी सिंह शुक्रबार, माघ १३, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला जिल्लामा रहेको वेरोजगारीलाई रोजगारी सृजना गर्ने हेतुले सिपमुलक तालिमहरु संचालन भइरहेका छन् । हुम्ला जिल्लामा रहेका ७ वटा गाउँपालिका सँगै घरेलु उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले सिपमुलक तालिम दिदै आएको छ । हुम्लामा रहेको वेरोजगारी अन्त्य गर्नका लागी जिल्लामा रहेका सरकारी तथा गैरसरकारी कार्यालयहरुले कम्प्युटर, हातेहोजारी तालिम सिलाई कटाइ मोबाइल मर्मत वाइरीङ राडी पाखी ढाँका वुनाइ तालिमहरु संचालन भई रहेका छन् । विगत लामो समय देखि यी तालिमबाट हुम्लाका करिव ५ हजार भन्दा वढी व्यक्तीहरुले उक्त तालिम लिई सकेका छन् । तालिम दिएका मध्य कम्प्युटर, सिलाई कटाइ, वारिङ, मोबाइल मर्मत र हिएयर कटिङहरु गर्ने केहीहरु व्यक्ती व्यवसायिक वनेको देखिन्छ ।

हिमाली जिल्ला हुम्लाका वेरोजगार युवा युवतीलाई आर्थिक उपार्जन संगै सिपमुलक वनाइ रोजगारी सृर्जना गर्ने उद्देश्यले कम्प्युटर तालिमको उत्घाटन गरिएको छ । उक्त उत्घाटन घरेलु उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले गरेको हो । सुक्रबार उत्घाटन गरिएको कम्प्युटर तालिम ४५ दिन सम्म संचालन हुने बताउदै सोही घरेलु उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय प्रमुख अभयराज रेग्मीले बताएका छन् ।

कम्प्युटर तालिममा सहभागीले रुची बढाएमा र नियमित उपस्थित भएमा तालिमको अवधि वढाउने सकिने प्रमुख रेग्मीले बताएका छन् । जिल्लामा स्थापित सरकारी तथा गैर सरकारी कार्यालयहरुले सिप सिकाउदा सकभर स्थानिय श्रोत साधनको वढी प्रयोग हुने तालिमलाई पहिलो प्राथमिकता दिनु पर्ने, सिप सिकी व्यवसायीक वन्न सकेको खण्डमा त्यस्ता व्यवसायीहरुको प्रोत्साहनका लागी सिमकोट गाउँपालिकाले सम्मान गर्ने, घरेलु उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले जिल्लाका ७ वटै गाउँ पालिकाका वेरोजगार युवाहरुलाई रोजगार वनाउने उद्देश्यले गाउँ पालिका स्थरमा शाखा विस्तार गर्न सकेको खण्डामा अझै राम्रो हुने सिमकोट गाउँ पालिकाका कार्यवाहक अध्यक्ष नन्द रावतले बताएका छन् ।

विहिवार दिनको १२ वजे घरेलु उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको आयोजनामा संचालन भएको उत्घाटन कार्यक्रमको अध्यक्षता सोही कार्यालय प्रमुख अभयराज रेग्मी प्रमुख आतिथ्य सिमकोट गाउँ पालिकाका कार्यवाहक अध्यक्ष नन्द रावतको, आतिथ्यमा सिमकोट गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत ममता रोकाया महत र नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति हुम्लाका कार्यवाहक अध्यक्ष राज शाहीको रहेको थियो ।कार्यक्रममा सिप सिक्ने महिला पत्रकार सिप सिकाउने प्रशिक्षक पत्रकार लगाएत सरोकारवाला व्यक्तिको उपस्थित रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
खाध्य शाखा सिमकोटमा ४ हजार ५ सय ५८ .३३ कुन्टल खाध्यन्न मौजात
हुम्लामा चिसोले बाटोमा अलपत्र परेका एक जनालाइ नेपाल प्रहरीले उद्धार
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९