हिमाली जिल्ला हुम्लाका गाउँपालिकाबाट प्रवाह हुने सेवाहरु चुस्त दुरुष्त हुँदै गएका छन् । जनताको स्वास्थ्य, शिक्षा, रोजगारी, खाद्य सम्प्रभुतालाई पहिलो प्राथामिकतामा राखिदै आएको छन । यसै बीच सिमकोट गाउँपालिकाले आफ्नो गाउँपालिका भित्र र सदरमुकाम सिमकोट वासीले दुषित तथा सडेगलेको अखाध्य पर्दाथ उपयोग गर्न नपरोस भन्ने हेतुले सिमकोट वजार पटक पटक अनुगमन गर्दै आएको छ ।
शनिवार सिमकोट गाउँपालिका पशु शाखाको नेतृत्वमा सिमकोट वजार भित्रका पशु पसलको अनुगमन गरेको छ । सिमकोट वजारमा स्थापित २२ वटा मासु पसलमा सर्वपछिय अनुगमन गरिएको हो । अनुगमनमा जिल्ला प्रशासन, घरेलु तथा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालय, सुरक्षाकर्मीका संचारकर्मी सिमकोट गाउँपालिका उपाध्यक्ष शुसिला रोकाया लगाएतको उपस्थितमा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा वढी जसो मासु पसल मापदन्ड अनुसार नै संचालन भएको पाइएको र केही मासु पसल र तरकारी पसल सँगै संचालन भएको, केही दर्ता प्रक्रियामा रहेको र केही मासु पसलमा राखिएका फ्रीजमा मासु नै आइस भएको पाइएको सिमकोट पशु शाखाका प्रा स विष्णु वुमीले बताएका छन् । सदरमुकाम सिमकोटमा रहेका व्यवसायीक मासु पसल संचालन गर्नेमा १९ वटा जिल्ला बाहिरबाट कुखुरा माछा मासु तथा वङगुरका मासु आतित विक्रि कर्ता रहेका छन् भने ३ वटा खसिको मासु व्यापारी रहेको पाइएको छ ।
खसिको मासु हुम्ला जिल्लामै आत्म निर्भर रहेको र पशुपन्छिको मासु जिल्ला बाहिरबाट आयत गर्नु पर्ने वाध्यता रहेको मासु पसल व्यवसायी लोक्ते कामीले बताएका छन् । खसि वढी जसो हुम्ला जिल्लामै खरिद गर्ने गरेको भए पनि हुम्लामा केही मंहगो पर्ने भएका कारण हुम्ला जिल्लाको छिमेकी जिल्ला वझाङ, बाजुरा, अछाम, दैलेख लगाएतका जिल्लाबाट खरिद गरी ल्याउनु पर्ने वाध्यता रहेको मासु व्यवसायी प्रकास कामीले बताएका छन् । मासु विक्रेताले पसलमा मासुको मुल्य राख्नु पर्ने, साइन वोर्ट राम्रो सँग सबैले देख्ने गरी राख्नु पर्ने, मासुको मुल्यमा एकरुपता ल्याउनु पर्नेमा सिमकोट गाउँपालिकाकी वरिष्ट अधिकृत ममता रोकायाले बताएकी छन् ।