राज शाही सोमबार, पौष २५, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला जिल्ला सिमकोट गाउँपालिकाको हिउँदे गाउँसभाले आवश्यक कानुन निर्माण गर्दै पारित गरेको छ । सोमबार एक दिन सञ्चालन भएको सभाले ऐन, कानुन र नियम सर्वसम्मत निर्णय गर्दै पारित गरेको हो। गाउँपालिका अध्यक्ष विजय भण्डारी गाउँपालिकाका लागि आवश्यक २५ वटा ऐन, कानुन पारित गर्दै सभा सम्पन्न भएको हो ।

सभाद्वारा पारित भएका ऐन, नीति, नियम, कार्यबिधि र योजनामा खानेपानी तथा सरसफाई तथा स्वच्छता सुचना व्यवस्थापन निर्देशिका २०७९, सुरक्षा खानेपानी सामुदायीक घोषणा निर्देशिका २०७९, सिमकोट गाउँपालिकाको अनुगमन तथा सुपरिवेक्षण निर्देशक २०७९, सिमकोट गाउँपालिकाको कृषि व्यवसाय ऐन २०७९, सिमकोट गाउँपालिकाको स्थानिय राजस्व परामर्स समितिको कार्यसंचालन कार्यविधि २०७९, स्थानीय विपद व्यवस्थापन कोष सञ्चालन कार्यविधि लगाएतका रहेकाछन्। यी ऐन र कार्यविधि सबै २०७९ नामकरण गरिएका छन्।अध्यक्ष विजय भण्डारीले सबै ऐन–नियम सभाले सर्वसम्मत निर्णय गर्दै पारित गरेको जानकारी दिएका छन ।

गाउँपालिका उपाध्यक्ष शुसिला रोकायाले सभाले पारित गरेका ऐन गाउँपालिकाको राजपत्रमा प्रकाशन गरेर तत्काल कार्यान्वयनमा ल्याउने वताउदै,उनले धेरै कुरा ऐन–कानुन अभावमा काम गर्न असजिलो भएका बेला सभाले नयाँ कानुन निर्माण गरी पारित गर्दा काम गर्न सहज भएको बताउदै आगामी आव ०७९।८० वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुति गरेकी थिइन ।

अध्यक्ष भण्डारीको अध्यक्षतामा बसेको सभामा सिमकोट गाउँपालिकाकी वरिष्ठ अधिकृत ममता रोकायालले ऐन नियमका प्रस्ताव प्रस्तुत गरेकी थिइन। सभाका सदस्यहरूले प्रस्तावमाथि सामान्य छलफल गरेका थिए। अधिकांश सभाका सदस्यहरू सहभागीता रहेको थियो । उक्त गाउँ सभामा सिमकोट गाउँपालिकाका ८ वटै वडाका वडा अध्यक्ष सदस्य कार्यपालिका सदस्य लगाएतको उपस्थित रहेको थियो । सिमकोट गाउँपालिकाको हिउदे गाउँ सभा जिल्ला समन्वय समितिको सभाहलमा संचालन भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
खाध्य शाखा सिमकोटमा ४ हजार ५ सय ५८ .३३ कुन्टल खाध्यन्न मौजात
हुम्लामा चिसोले बाटोमा अलपत्र परेका एक जनालाइ नेपाल प्रहरीले उद्धार
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९