राज शाही आइतबार, पौष २४, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

दुर्गम हिमाली जिल्ला हुम्लाका स्वास्थ्य संस्थाहरु प्राविधिक मैत्रिक हुँदै गएका छन् । यस अघि सामान्य ज्वोरो आए पनि जिल्ला बाहिर रिफर हुनु पर्ने अवस्था जिल्ला अस्पतालको रहेकोमा अहिले हुम्लाका स्वास्थ्य शाखाहरु पनि प्राविधिक मैत्री हुँदै गएका छन् ।

हुम्ला जिल्ला अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष दीपक भण्डारीको पहलमा यु एस जि मेसिन हुम्लाका ३ वटा गाउँपालिकामा भित्रीका छन् । उक्त स्वास्थ्य सामाग्री अदानचुली,खार्पुनाथ, जिल्ला स्वास्थ्य सेवा कार्यालय र नाम्खा गाउँपालिकामा भित्रीका हुन । यु एस जि स्वास्थ्य सामाग्रीमा स्वाव परिक्षण मेसिन, प्रिन्ट मेसिन र यु एस जि प्रोव स्वास्थ्य सामाग्री हुम्ला जिल्लामा भित्रीए सँगै जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिपक भण्डाली जिल्ला अस्पतालका प्रमुख सहित खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुखलाई एक कार्यक्रमका विच आइतबार हस्तान्तरण गरियको थिए ।

स्वास्थ्य सामाग्री प्राप्त भए संगै खार्पुनाथ गाउँपालिकाले यस अघि दिदै आएको स्वास्थ सेवामा थप प्रभावकारी बन्ने र उक्त स्वास्थ्य सामाग्रीले गाउँपालिकाकै स्वास्थ्य शाखामा गर्वति महिलाको पेटमा वच्चा उल्टो सुल्टो के कस्तो अवस्थामा रहेको छ , वच्चा गर्वमा सुरक्षित छ वा छैन भन्ने गाउँ पालिकामै पत्ता लगाउन सकिने खार्पुनाथ स्वास्थ्य शाखा प्रमुख वलिराज शाहीले वताएका छन् । यस अघि गर्वति महिलाको गर्भ जाँचको जटिल अवस्थामा भिडियो एक्सराको लागी जिल्ला स्वास्थ्य कार्यालयमा पठाउनु पर्ने अवस्थाको अन्त्य भएको र अव गाउँपालिकाबाटै उक्त सेवा दिन सिकने खार्पुनाथ स्वास्थ्य शाखा प्रमुख शाहीले बताएका हुन ।

यस अघि उक्त स्वास्थ्य सामाग्री अदानचुली र नाम्खा गाउँपालिकामा हस्तान्त्ररण भइ सकेको जिल्ला स्वास्थ्य कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख नन्दबहादुर शाहीले बताएका छन् । उक्त सामाग्री नेपाल सरकार स्वास्थ्य विभागले प्रति स्वास्थ्य शाखा कार्यालयका लागी १५ लाख ६५ हजार ९६ रुपैंयाको लगानी गरेको अध्यक्ष भण्डारीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
खाध्य शाखा सिमकोटमा ४ हजार ५ सय ५८ .३३ कुन्टल खाध्यन्न मौजात
हुम्लामा चिसोले बाटोमा अलपत्र परेका एक जनालाइ नेपाल प्रहरीले उद्धार
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९