राज शाही बुधबार, जेठ १४, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

आन्तरिक उडान सञ्चालनका लागि विमानस्थलमा सामाजिक दूरी कायम हुने गरी संरचनाहरूमा व्यापक परिवर्तन भइरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल लगायत मुलुकका प्रमुख विमानस्थलमा सामाजिक दूरी कायम हुने र विभिन्न सुरक्षा प्रबन्ध हुने गरी संरचनाहरू तयार गरिरहेको हो । प्राधिकरणले देशभरका विमानस्थललाई निर्देशिका समेत पठाइसकेको छ । अन्तर्रा्ष्ट्रिय उडानको पनि निर्दे्शिकाको तयारी प्राधिकरणले सुरु गरेको छ ।

विमानस्थलमा यात्रुहरू बीच दूरी कायम रहने र भिडभाड नहुने गरी गरिएका मार्किङ लगायतका संरचना तयार पारिएको जानकारी प्राप्त भएको छ । ‘आन्तरिक विमानस्थलहरूलाई निर्दे्शिका पठाइसकेको र सोहीअनुसार संरचना तयारीमा एयरलाइन्स र विमानस्थल जुटेका छन्,’

कोरोना संक्रमण वढी रहेका वेला नेपालमा आन्तरिक हवाई उडान सञ्चालनको गृहकार्य सुरु भएको छ । असारदेखि हवाई उडान सुचारु गर्न लागिएको हो । संक्रमण फैलिन नदिन विभिन्न प्रकारका कडा सुरक्षा निर्दे्शिका बनाएर आन्तरिक उडान खुला गर्ने सरकारले तयारी गरेको छ । भारतमा पनि गत सोमबारदेखि उडान सुचारु गरिएको थियो ।

नेपालमा जेठ मसान्तसम्म सबै व्यवसायिक उडान बन्द गरिएको छ । लकडाउन २० जेठ सम्म छ । २० जेठपछि लकडाउन पनि खुकुलो बनाउन लागिएको छ । कोरोना संक्रमण महिनौं सम्म जारी रहने देखिएपछि स्वास्थ्य सुरक्षासम्बन्धि मापदण्ड लागू गरेर २० गतेपछि थप केही क्षेत्रलाई खुला गर्न लागिएको छ ।

 

सम्बन्धित

ताजा अपडेट
साहित्यकार बसन्त रोकाया ( बसन्त श्री ) को भोट खण्ड काव्य बिमोचन हुँदै
पुर्ण खोप सुनिश्चित घोषित कार्यक्रममा हुम्लाका ४ जना पत्रकार सम्मानित
नेपाल उत्पिडित जातिय मुक्ति समाजको अध्यक्षमा लालधन टमट्टा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९