अध्यक्ष उपाध्यक्ष ल्याउदै छन कोशेली, गर्ववती र सुत्केरी महिलाहरुलाई पोषण थैली भन्ने मुलनाराका साथ सुनौलो हजार दिनका आमाहरुलाई पोषणयुक्त खाध्य पदार्थ वितरण गरिएको छ । उक्त पोषण थैली सिमकोट गाउँपालिका वडा नं २ ठेहे स्वास्थ्य चौकीले वितरण गरेको हो । पोषण थैलीमा ४ पोका तेल, १ क्यारेट अण्डा, ५।५ वटा लुगा धुने र नुहाउने सावुन, ५ केजी रातो चामल, घ्यु १ माना, महिलाको भित्र वस्त्र २।२ वटा, १ ओटा गृनहाउसको लागी पाल, तरकारीको विउ, नङकट, बुरुस, मन्जन, लगाएतका सामाग्री वितरण गरिएको हाम्रा सहकर्मी छपाल लामाले सम्बन्धीत स्थलबाट बताएकी छन् । सामाग्री सुनौलो हजार दिनका १० जना महिलाहरुलाई उपलब्ध गराइएको हो ।
सुक्रबार हुम्ला जिल्ला सिमकोट गाउँपालिका वडा नं २ ठेहे स्वास्थ्य चौकीले आयोजना गरेको पोषण थैली वितरण कार्यक्रमको अध्यक्ष सोही वडाका वडा अध्यक्ष देवजन बोहराको प्रमुख अतिथि सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीको विशेष अतिथिमा प्रमुख जिल्ला अधिकारी सिता परियार, अतिथिमा सिमकोट गाउँपालिकाका उपाध्यक्ष शुसिला रोकाया, प्रमुख प्रशासकिय अधिकृत उजिर रोकाया, स्वास्थ्य शाखा प्रमुख नर भण्डारी लगाएतको उपस्थित रहेको सहकर्मी लामाले बताएकी छन् ।
गर्वति भएको दिन देखि २ वर्ष सम्मका १० जना महिलालाई सो सामाग्री वितरण गरिएको हो । सो सामाग्री वितरणले गर्भमा रहेको शिसु र आमाको स्वास्थ्यमा सुधार आइ मातृमृत्यु दर घटनमा सहयोग पुग्ने, असुरक्षितरुपमा घरमै प्रसुति हुने महिलाको संख्या घटी स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच र सुरक्षित वर्थिङ सेन्टरमा प्रसुति हुने महिलाको संख्यामा वृद्धि हुने र स्वास्थ्य संस्थाप्रति महिलाको विश्वास वढ्दै जाने ठेहे स्वास्थ्य चौकी इन्चार्ज दानबहादुर बोहराले बताएका छन् । जसको आर्थिक सहयोग सिमकोट गाउँपालिकाको रहेको थियो ।