स्थानिय वालीको उत्पादनमा वृद्धि गर्नका लागी रैथाने वाली खरिद गरिने भएको छ । हुम्ला जिल्ला सिमकोट गाउँपालिका भित्रका रैथानेवाली उत्पादमा वृद्धि ल्याउन र यहाँका कृषकलाई कृषि क्षेत्रमा जागरुक वनाउनका लागी रैथान अन्नवालीको खरिद गरिने भएको हो । खरिद गरिनेबालीमा दलन तर्फ सिमी अन्न तर्फ चिनोको चामल, फापर र काउनोको चामल सिमकोट गाउँपालिकाले खरिद गर्ने भएको छ । नेपाल खाध्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाको आर्थिक सहयोग रहेको छ भने खरिद सिमकोट गाउँपालिकाले गर्ने भएको हो ।
सिमकोट गाउँपालिकाले खरिद गरेको अन्न नेपाल खाध्य व्यवस्था तथा व्यापार कम्पनीलाई उपलब्ध गराउने छ । चालु आर्थिक वर्ष सहित २ वर्ष उक्त खाध्यन्न खरिद गरिने भएको हो । सिमकोट गाउँ पालिका र नेपाल खाध्य व्यवस्था तथा व्यापार कम्पनी वीच जिल्ला प्रशासन कार्यालयको रोहवरमा सम्झौता गरिएको छ । प्रमुख जिल्ला अधिकारी सिता परियारको अध्यक्षतामा वसेको वैठकले हुम्ला जिल्लाको सिमकोट गाउँपालिकाबाट चिनो फापर काउनो ५० कुन्टल खरिद गर्ने र सिमि कम्तीमा ५० कुन्टल खरिद गर्न निर्णय गरेको छ ।
सोही कार्यक्रममा नेपाल खाध्य व्यवस्था तथा व्यापार कम्पनी प्रमुख कृष्ण प्रसाद अधिकारीले यो रैथाने वाली खरिद गरी हुम्ला जिल्लाको सिमकोट गाउँपालिकामा रोजगारी र वेरोजगारीको खाडलको अन्त्य गर्नका लागी यो कार्यक्रम ल्याउनुका साथै रैथाने वालीको उत्पादन वृद्धी गरी रोजगारी श्रृजना गर्नु रहेको बताए ।
कर्णाली प्रदेशको हुम्लामा उत्पादन भएको रैथाने वाली खरिद गरी संघिय सरकार सम्म पुर्याइ हुम्लाको स्वाद चखाउने तर्फ यहाँका कृषकहरु लाग्नु पर्ने, कृषकले उत्पादन गरेको रैथाने वालीलाई वजारीकरण गर्नमा हामी सबैले जोडदिनु पर्ने, बाँझो रहँदै गएको हुम्लाको जमिन लाई खनजोत गरी रैथाने वाली उत्पादन युक्त बनाइ यहाँको वेरोजगार निउनीकरण गरी रोजगारी श्रृजना गर्न यस कार्यक्रमले सहयोग पुर्याउने विश्वास लिएको प्रमुख जिल्ला अधिकारी सिता परियारले बताएकी थिइन ।
रैथाने बालीका अन्नमा चिनो (चामल) प्रशोधित प्रतिकेजी १ सय ७० रुपैयाँ र प्रशोधन नगरेको चिनोको प्रतिकेजी १ सय २० रुपैयाँ, कागुनो पनि सोही मूल्य निर्धारण गरिएको छ ।फापर मानाको प्रतिकेजी ९० रुपैयाँ र सिमी प्रतिकेजी १ सय ५० रुपैयाँ निर्धारण गरिएको छ । प्रतिकेजी बीसदेखि तीस रुपैयाँ खरिद अन्न बिक्री गर्ने किसानलाई गाउँपालिकाले अनुदान दिने तयारी गरेको छ। अन्नको प्रशोधन र प्याकेजिङको काम पनि गाउँपालिकाले गर्ने भएको छ। हुम्लाका रैथाने बाली प्रवद्र्धन गर्नका लागि लिमिटेड र गाउँपालिकाबीच खरिद गर्ने सम्झौता भएको हो। कार्यक्रम जिल्ला प्रशासन कार्यालयमा दिनको ३ वजे संचालन भएको थियो ।
उक्त सम्झौता कार्यक्रममा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी, उपाध्यक्ष सुसिला रोकाया, लेखापाल विशाल बोहरा र नेपाल खाध्यय व्यवस्था तथा व्यापार कम्पनी लिमिटे शाखा प्रमुख कृष्ण प्रसाद अधिकारी र नायव शुब्बा नविन आचार्यले प्रमुख जिल्ला अधिकारी सिता परियारको रोहरवरमा हस्ताक्षर गर्दै दुई पक्षी सम्झौता गरेका थिए ।