राज शाही शनिबार, पौष १६, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

२०१७ साल पुस १ गते बिपी कोइराला प्रधानमन्त्री भएकै समयमा राजा महेन्द्रबाट बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्ध लगाए। अनि प्रधानमन्त्री बीपीलगायतका नेतालाई थुने। त्यसको ८ वर्षपछि २०२५ कात्तिक १४ गते रिहाइ भएपछि आफ्ना सहकर्मीसहित बिपी भारत पलायन भए। त्यसको ८ वर्षपछि २०३३ साल पुस १६ गते उनी गणेशमान सिंहसहित राजासँग विद्रोह होइन, मेलमिलाप गर्नुपर्छ भन्ने नीति लिएर फर्के। त्यसै वर्षदेखि पुस १६ लाई नेपाली कांग्रेसमा आस्था राख्ने सबैले राष्ट्रिय मेलमिलाप दिवसका रूपमा मनाउँदै आएका छन् ।

यसै अवसरमा हुम्ला जिल्ला विपि चिन्तन प्रतिष्ठानको आयोजनामा कैदी तथा थुनुवालाई न्यानोका लागी पिजी बालाङकेट वितरण गरिएको छ । विपि मेलमिप दिवशको अवसर पारी विपीचिन्तन प्रतिष्ठानका जिल्ला कार्यसमितिका पदाधिकारी र नेपाली काँग्रेस जिल्ला कार्यसमितिका पुर्व सभापति एव कर्णालि प्रदेश सदस्य जयपति रोकायाको आर्थिक सहयोगमा ११ वटा पिजी वलाङकेट हुम्ला जिल्ला प्रहरी कार्यालयको हिरासदमा रहेका थुनुवालाई दिने गरी जिल्ला कारागार कार्यालय प्रमुख डवल रावतलाई उपलब्ध गराइएको हो ।

भारतमा बसेका बेला त्यहाँ कांग्रेस आइकी इन्दिरा गान्धी प्रधानमन्त्री थिइन् । गान्धीको कदम मन नपराएका बिपी असन्तुष्ट भई प्रवासीका रूपमा रहनुभन्दा आफ्नै मातृभूमि फर्केर राजा र जनताबीच मेलमिलापको नीति अपनाउनु जाति भन्दै फर्के। त्यतिबेला नेपालमा बिपीमाथि राजकाजसम्बन्धी ७ मुद्दा अदालतमा विचाराधीन थिए। तर पनि राजा वीरेन्द्रले उनलाई स्वतन्त्र रहनमात्र दिएनन्, अमेरिका गएर क्यान्सरको उपचार गर्न २ लाख रुपियाँसमेत उपलब्ध गराएको विपिचिन्तन प्रतिष्ठानका जिल्ला अध्यक्ष मधु वस्नेत शाहीले बताइन ।

बिपीको समाजवादी सिद्धान्त र मेलमिलापको नीतिअनुसार नेपालमा निरंकुश राजतन्त्र होइन, संवैधानिक राजतन्त्र उपयुक्त हुन्छ भन्ने थियो। राजा वीरेन्द्रबाट गराइएको जनमत संग्रहमा बहुदलीय प्रजातान्त्रिक व्यवस्था पराजित भए पनि प्रजातान्त्रिक व्यवस्थाको अभ्यास भएकाले यसको परिणाम बिपीले मानेका थिए। यो पनि राजासँग मिलेर बस्ने मेलमिलाप नीतिको अर्का उदाहरण रहेको नेपाली काँग्रेस जिल्ला कार्य समितिका पुर्व सभापति एव नेपाली काँग्रेस कर्णाली प्रदेश सदस्य जयपति रोकायाले बताएका थिए ।

महेन्द्रले बिपीलाई दरबारमा बोलाएर प्रधानमन्त्री बन्न निर्देशन दिँदा उनले दरबारको मर्म बुझेको र दरबार तथा जनताको बीचमा सेतुको काम गर्न सक्ने, देश/विदेशमा आवश्यक कूटनीतिक सम्बन्ध कायम गर्न सक्ने व्यक्ति हुनुपर्ने र त्यो क्षमता सुवर्णमा भएकाले उनलाई संसदीय दलको नेता तथा प्रधानमन्त्री बनाउन सुझाव दिएका थिए। जसबाट महेन्द्र निकै भावुक बनेका थिए। यो पनि बिपीको मेलमिलाप नीतिको ज्वलन्त उदाहरण हो। अन्ततः राजा महेन्द्रले बिपीलाई संसदीय दलको नेता तथा प्रधानमन्त्री बनाएको प्रमुख जिल्ला अधिकारी सिता परियारले बताएकी थिइन।

फाइवर पिजिवितरण कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति द्धय कैलास भण्डारी, वसन्त रोकाया, प्रमरी नायव उपरिक्षक कृष्णराज ओझा, ससत्र प्रहरी नायव उपरिक्षक, नेपाल शिक्षक संघका पुर्व अध्यक्ष कैलास रोकाया, नव निर्वाचित अध्यक्ष जुनराज हमाल संगै विपिचिन्तन प्रतिष्ठान जिल्ला कार्यसमितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

सोही कार्यक्रममा स्वागत मन्तव्य सँगै विपिको मेलमिलाप निति सम्बन्धी जानकारी विपिचिन्तन प्रतिष्ठानका जिल्ला सल्लाहकार समितिका संयोजक राजबहादुर वुढाले बताएका थिए
कार्यक्रम पौष १६ गते विहान ११ वजे जिल्ला प्रहरी कार्यालयमा संचालन भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई अदालतले सफाई दिएसंगै हुम्ला जिल्ला भर दिपावली
वाइडबडी भ्रष्टाचार मुद्दामा पूर्व पर्यटनमन्त्री शाहीले पाए सफाइ

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९