नेपाल शिक्षक संघको जिल्ला अधिवेसन सहमति र सहकार्यमा सम्पन्न भएको छ । सहमती र सहकार्यमा नेपाल शिक्षक संघको जिल्ला अध्यक्षमा जुनराज हमाल निर्वाचित भएका छन् । पौष १३ गते बाट सुरु भएको नेपाल शिक्षक संघको जिल्ला अधिवेसन पौष १५ गते सहमती सहकार्य र सहअस्तितो स्वीकार गर्दै पौष १५ गते सुवार्दपुर्ण बातावरणमा सम्पन्न भएको नेपाल शिक्षक संघ निर्वाचन समितिका निर्वाचन आयुक्त राजबहादुर शाहीले बताएका छन् ।
विना धादलि रहित बातावरणमा सम्पन्न भएको नेपाल शिक्षक संघको घोषणा, सफत ग्रण, निर्वाचन आयुक्त राजबहादुर शाहीले गरेका थिए । उक्त घोषणा कार्यक्रमको अध्यक्षता नेपाल शिक्षक संघका अध्यक्ष कैलास रोकायाको र प्रमुख आतिथ्य नेपाली काँग्रेसका पुर्व सभापति एव नेपाली काँग्रेसका कर्णाली प्रदेश सदस्य जयपति रोकायाको रहेको थियो । त्यसै गरी विषेश आतिथ्य खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावल, विपिचिन्तन प्रतिष्ठानका जिल्ला अध्यक्ष मधु वस्नेत शाही नाम्खा गाउँपालिका उपाध्यक्ष तक्दिर लामा नेपाल निजमती कर्मचारी युनियनका जिल्ला अध्यक्ष विशाल बोहरा लगाएतको रहेको थियो ।
सोही कार्यक्रममा सहमती सहकार्य सहअस्तिथ्य स्वीकार गर्दै नेपाल शिक्षक संघको निर्वाचनलाई सहमतीमा निर्विरोध पदाधिकारी चयन गर्नका लागी भुमिका खेल्नु हुने सम्पुर्णलाई धन्यवाद दिदै निवर्तमान नेपाल शिक्षक संघका जिल्अला अध्यक्ष कैलास रोकायाले आफ्नो भनाइ राखेका थिए । नेपाली काँग्रेसको वलियो खम्मा नेपाल शिक्षक संघ भएकाले यसलाई पर्ने हर समस्या समाधानका लागी नेपाली काँग्रेस लागी पर्ने नेपाली काँग्रेसका पुर्व सभापति जयपति रोकायाले बताएका थिए । बातविवाद नगरी सहमती र सहकार्यमा नेपाल शिक्षक संघको निर्वाचन सम्पन्न गर्नु भएकोमा शुभकामन मन्तव्य खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल राखेका थिए ।
हुम्ला जिल्लाको भौगोलिक विकटता संगै यहाका गरिव पछडिएका आवजहरुलाई वुलन्द पार्नका लागी नेपाल शिक्षक संघका सदस्यहरुले जो भुमिका खेल्नु भएको छ उक्त भुमिका सारनिय भएको भन्दै नाम्खा गाउँपालिका उपाध्यक्ष तक्दिर लामाले आफ्नो भनाइ राखेका थिए ।
नेपाल शिक्षक संघको १७ सदसिय जिल्ला कार्य समिति गठन गरिएको छ । जसमा अध्यक्ष जुनराज हमाल, उपाध्यक्ष महिला शरिता सर्मा, गोवधन ऐडी,सचिव लक्ष्मण बोहरा, धनराज सिंह अर्थसचिव,डवलबहादुर शाही सचिव, छतुप लामा सह सचिव समावेसी, उधिम धिताल सहसचिव समावेसी, सत्यदेवी उपाध्यया सह सचिव महिला,रेखा शाही सह सहचिव अर्थ महिला, सदस्य हिमानी वुढा, मानबहादुर शाही, तेजबहादुर छत्याल छत्याल,पदमलाल रिठाल कल्पना रोकाया प्रेमकला वुढा र वाङडाक लामा रहेका छन् । उनीहरु निर्विरोध निर्वाचि भएका हुन ।