दाने बोहरा मंगलबार, जेठ १३, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला
सिमकोटमा सञ्चालित न्युभिजन चर्चले बन्दाबन्दी (लकडाउन) को समयमा निम्न आय स्रोत भएका ३० घरधुरीलाई खाद्ययन्न सहयोग गरेको छ ।

दैनिक काम गरेर खानेलाई बन्दाबन्दीमा काम गर्न नपाउँदा आर्थिक अभावसँगै घरमा खाद्यान्न अभाव भएकाहरुलाई प्रतिव्यक्ति १५ केजी चामल, एक लिटर तेल, एक केजी चिनी, एक सावुन र एक पोका चियापत्ती सहयोग गरेको बताइएको छ ।

सिमकोटमा सञ्चालीत न्युभिजन चर्चले सिमकोट गाउँपालिका वडा एकमा रहेका ३० घरधुरीलाई राहत सामाग्री प्रदान गरिएको छ ।

नेपाल सरकारले लकडाउनलाई थप्दै गएपछि उक्त चर्चले अशक्त, एकल महिला, दलित लगायतलाई खाद्ययन्न वितरण गरीएको न्युभिजन चर्चका हरि बहादुर ऐडिले जानकारी दिए ।

वडा एक अन्तरगतका ३० घरधुरीलाई खार्पुदोभानमा पुगेर न्युभिजन चर्च सिमकोटका पास्टर हर्क तामाङ्गको हातबाट खाद्ययन्न सहयोग गरीएको ऐडिले बताए ।

आजै प्रति घरलाई न्युभिजन चर्चले एक घरलाई १५ केजीका दरले चामल सहयोग गरेपछि स्थानीय खुसि भएका छन् । यस्ता सामाग्री एक महिला, शारीरिक रूपमा अशक्त, परिवारलाई राहत प्रदान गरिएको ऐडिले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
लामा साँस्कृतिक मञ्च हुम्लाको छैटौ साधरण सभा सम्पन्न 
पाठेघर मुखको क्यान्सर सम्वन्धी स्केनिङमा १ सय ५ जनाको चेक जाँच
साहित्यकार बसन्त रोकाया ( बसन्त श्री ) को भोट खण्ड काव्य बिमोचन हुँदै

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९