राज शाही सोमबार, आश्विन २४, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

लगातारको वर्षाले हुम्ला जिल्लाको मध्य क्षेत्र सर्केगाड गाउँपालिका वडा नं ६ मा पहिरो जाँदा १ जनाको मृत्यु भएको छ भने ७ वटा घर भत्केका छन् । मृत्यु हुनेमा सर्केगाड गाउँपालिका वडा नं ६ माथिल्लो छ्यागी गाउँ निवासी वर्ष अंन्दाजी २४ का हस्त शाही रहेका छन् । आइतबार दिनको करिव १२ वजे तिर गएको पहिरो सँगै खसेको ढुङ्गा लाग्दा निजको मृत्यु भएको सोही वडाका पुर्व वडा अध्यक्ष खड्के वुढाथोकीले बताएका छन् । आइतबार पहिरोमा परि मृत्यु भएका शाहीको सोमबार हिन्दु संस्कार अनुसार दाहसंस्कार गरीएको अध्यक्ष वुढाथोकीले बताएका छन् ।

त्यसै गरी सोही वडाका तुलविर सार्की, बमबहादुर सार्की, बाँचबहादुर सार्की, तुलसी कामी, कन्न सार्की, खड्के कामी र मुनविर ऐडीको पहिरोले घर पुर्णरुपमा क्षेती पुर्याएको वुढाथोकीले बताएका छन् । घर भत्केकाहरु अहिले आफन्तकोमा सरण लिइ बसी रहेको जानकारी प्राप्त भएको छ । घर भत्कनेमा ६ जना सर्केगाड गाउँपालिका वडा नं ६ छ्यागी गाउँका रहेका छन भने १ जना मुनविर ऐडी बराइ गाउँका रहेका छन् ।

वर्षाका कारण पहिरो आउँदा चंखेली–६ मासिधारको देनबाडामा एक घर पुरिँदा ४ जनाको मृत्यु भएको छ । चंखेली गाउँपालिका वडा नं. ६ मासिधारा गाउँस्थित देनबाडामा माथिबाट आएको पहिरोले देउच्या विकको घर पुर्दा उनकी श्रीमती, एक छोरा र दुई छोरीको मृत्यु भएको स्थानीय ध्रुवकुमार शाहीले बताए । आइतबार साँझ सात बजे घर माथिबाट आएको पहिरोले घर पुर्दा ६५ वर्षीया आमा होइजाली विक, ९ वर्षीया छोरी तुलसी विक, ७ वर्षीया छोरी सुस्मिता विक र ५ वर्षीय छोरा वसन्त विकको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन् ।

सम्बन्धित

ताजा अपडेट
खाध्य शाखा सिमकोटमा ४ हजार ५ सय ५८ .३३ कुन्टल खाध्यन्न मौजात
हुम्लामा चिसोले बाटोमा अलपत्र परेका एक जनालाइ नेपाल प्रहरीले उद्धार
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९