आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागी मुख्य निर्वाचन अधिकृतको कर्यालय हुम्लामा सर्वपछिय सर्वदलिय वैठक वसेको छ । मुख्य निर्वाचन अधिकृत दिलप्रसाद सापकोटाको अध्यक्षतामा र प्रमुख जिल्ला अधिकारी सिता परियारको विशिष्ट आतिथ्यमा अशोज २३ गते हुने मनोनयन दर्ता लगाएतका समसामहिक विषय वस्तु माथि छलफलका लागी उक्त बैठक वसेको हो ।
जिल्लाका ४ वटै सुरक्षा निकाय र जिल्लामा स्थापित मुख्य राजनैतिक दल नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राप्रपा, राप्रपा नेपाल लगाएतका पार्टीका प्रमुख एव प्रतिनिधि र पत्रकारको उपस्थित रहेको बैठकमा मुख्य निर्वाचन अधिकृतको कार्यालय सिमकोट हुम्लामा शनिवार दिनको १२ वजे संचालन भएको थियो ।
उक्त सर्वदलिय सर्वपक्षिय बैठकले ४ वटा प्रस्तावमाथि छलफल गरि निर्णय पारित गरेको छ । जसमा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को सन्दर्भमा यस जिल्लाका क्रियाशील राजनीतिक दल र स्वतन्त्रहरुको लागि प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य उम्मेदवारको मनोनयनपत्र दर्ता मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइतबार विहान १० वजे देखि वेलुका ५ वजे सम्म गर्ने, प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य, २०७९ को सन्दर्भमा यस जिल्लाका क्रियाशील राजनीतिक दलहरुको लागि प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय सिमकोट हुम्लामा आउदा सिमकोट गाउँ पालिकाको वडा नं ५ को काठेचुली महिला छात्राबास हुदै आउने र जाँदा मुख्य निर्वाचन अधिकृत कार्यालयबाट धुपी चौतारा हुँदै जाने, प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को सन्दर्भमा यस जिल्लाका क्रियाशील राजनीतिक दलहरुलाई उम्मेदवारको मनोनयन पत्र लगायतका मनोनयन सँग सम्बन्धित अनुसुचीहरु उपलब्ध गराउनुका साथै प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन उम्मेदवारको मनोनयनपत्र दर्ता गर्दा निर्वाचन निर्देशिकाले तोके बमोजिमका कागजात सहित उपस्थित हुने,पत्रकारहरुले समाचार संप्रेसण गर्दा राजनीतिक पार्टी र सम्बन्धीत सरकारी कार्यालयका आधिकारीक पदाधिकारीको अनुमती वेगर कुनै पनि दलको समचार संप्रेषण नगर्ने तथा पत्रकारले राजनीतिक दल र कर्मचारीलाई आँचआउने सामाग्री संप्रेषण गरेमा तथा कुनै पनि पार्टीको पदाधिकारी तथा कार्यकर्ताले पत्रकारलाई समाचार संप्रेषण गरेकै भरमा धम्की लगाएतको गैर कानूनी काम गरेमा कानून बमोजिम हुने सर्वसहमतीबाट निर्णय गरिएको छ ।
सोही सर्वदलिय बैठकले हुम्ला जिल्लामा ५ दिन देखिको भारी वर्षाले हुम्ला जिल्लामा उम्मेदवार आउन नसक्ने अवस्था भए पछि प्रतिनिधि मुकरर अर्थात वारिस नामाबाट मनोनयन दर्ता गर्न सकिने भएको छ ।