राज शाही शनिबार, आश्विन १५, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला जिल्लामा बालबिबाह, बालहिम्सा अन्यगरी बाल मैत्री बातावरण सृर्जनाका लागी जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी संस्था सरकारी तवरबाट कामहरु हुँदै आएको छ । यस अघि भन्दा यो पछिल्लो समय बालविवाह निउनीकरण हुँदै आएको जिल्लामा आयोजित पत्रकार संम्मेलनमा बताइएको थियो ।

जिल्लामा बालविवाहका घटना दर्ता भइ प्रक्रियामा गएका ५ वटा मुद्दा चालु अवस्थामा रहेको सोही पत्रकार सम्मेलनमा बताइएको थियो । जसमा बालबिबाह, बाल यौन दुरव्यवहार, जवरजस्ती करणीका घटना खार्पुनाथमा २ वटा, सर्केगाड गाउँपालिकामा १ वटा र सिमकोट गाउँपालिकामा २ वटा गरि जम्मा ५ वटा हाल सरोकारवाला निकायमा दर्ता भइ चालु अवस्थामा रहेको र अन्य गाउँपालिकामा, बालबिवाह, वालहिंसा, बाल श्रम, बाल दुरव्यवहार लगाएतका घटनाहरुको अनुसन्धान कार्य गर्ने काम भई रहेको हिमाली बाल समाजका जिल्ला संयोजक गार्मु लामाले बताएकी छन् ।हुम्ला जिल्लामा बढ्दो बालविबाह, बाल यौन दुर व्यवहार, बाल श्रम अन्त्यका गरी बालबालिकाको हकअधिकार सुनिचितका लागी पत्रकार सम्मेलन गरी एक प्रेष विज्ञप्ती समेत निकालेको छ ।

लामो समयको राजनैतिक र आर्थिक संघर्षबाट प्राप्त संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा गाउँ गाउँमा स्थानिय सरकारको स्थापना भएपनि दुर्गम हिमाली जिल्ला हुम्लामा प्रति महिना एक बालिकालाई अनेकन कठिनाइका बाबजुत आफु माथि भएको जघन्य अपराधका विरुद्ध न्यायको भिख माग्नु पर्ने अवस्था रहेको नेपाल अष्ट्रेलिया साझेदारी संस्थाका संयोजक छपाल दोर्जे लामाले यसरी बताएका थिए ।

हिमाली बाल समाजको आयोजनामा बाल बिबाह विरुद्ध साझा अभियान भन्ने मुल विषय बस्तुमाथि शनिवार विहान ८ वजे होटल मानसरोवरमा उक्त पत्रकार सम्मेलन गरिएको हो । सम्मेलमा जिल्लामा स्थापित पत्रकारहरुको उपस्थित रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
खाध्य शाखा सिमकोटमा ४ हजार ५ सय ५८ .३३ कुन्टल खाध्यन्न मौजात
हुम्लामा चिसोले बाटोमा अलपत्र परेका एक जनालाइ नेपाल प्रहरीले उद्धार
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९