हिमाली जिल्ला हुम्लामा पुर्ण खोप सुनिस्चित गाउँपालिका अभियान सुरु भएको छ । सो अभियान खार्पुनाथ गाउँपालिकाका ५ वटै वडा र सामुदायीक अस्पतालमा सुरु भएको खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वलिराज शाहीले बताएका छन् ।
खोप २ वर्ष मुनिका बालबालिकाहरुलाई लगाइने भएको हो । जसका लागी खार्पुनाथ गाउँपालिकाका ५ वटै स्वास्थ्य चौकी, खार्पुनाथ सामुदायीक अवस्पतालमा सो खोप लगाइने कार्य विहिबारबाट सुरु भएको हो । अशोज महिना भित्रमा खार्पुनाथ गाउँपालिकालाई पुर्ण खोप सुनिस्थित गाउँपालिका घोषणा गर्ने उद्देश्का साथ सो गाउँपालिकाले २ वर्ष मुनिका वालबालिकालाई नेपाल सरकारले तोकेका खोप संगै अतिरिक्त खोप लगाउनका लागी २८ जना स्वास्थ्यकर्मी परिचालन गरेको प्रमुख शाहीले बताएका छन् ।
खार्पुनाथ गाउँपालिका वडा नं १ लाली स्वास्थ्य चौकीका लागी धनबहादुर बोहरा, वडा नं २ थाली आधारभुत स्वास्थ्य चौकीका लागी रुप्सिङ जेठारा, वडा नं ३ राया स्वास्थ्य चौकीकालागी विरसिंह रावल, वडा नं ४ छिप्रा स्वास्थ्य चौकीका लागी कालिबहादुर शाही, वडा नं ५ खार्पुनाथ स्वास्थ्य चौकीका लागी हरिभक्त शाही र खार्पुनाथ जनस्वास्थ्य अस्पतालका लागी रुद्रविर शाहीलाई तोकिएको छ ।
यस अघि खार्पुनाथ गाउँपालिकामा स्थापना भएका स्वास्थ्य संस्था प्रमुखहरुको बैठकले खोप केन्द्र तोके बमोजिम सोही खोप केन्द्रमा २ वर्ष मुनीका बालबालीकालाई सो खोप लगाइने र खार्पुनाथ स्वास्थ्य शाखाले पुर्ण खोप सुनिस्चत गाउँपालिका अभियान तिव्ररुपमा संचालन गरी रहेकाले संभवत अशोज महिना भित्र उक्त गाउँपालिकालाई पुर्ण खोप सुनिस्चित गाउँपालिका घोषण गर्ने प्रमुख शाहीले बताएका छन् । त्यसै राया स्वास्थ्य चौकीमा आज पहिलो दिन जम्मा ३० जना बालबालिका लाई खोप लगाइएको छ । जसमा १८ बालिका १२ बाल रहेका रहेको राया स्वास्थ्य चौकीका अहेव विरसिंह रावलले बताएका छन् ।
यसको मुख्य उद्देश्य बालबालिकालाई कुनै पनि रोग लाग्न नदिनु र बालबालिकालाई अकालमै ज्यान जानबाट जोगाउनु मुख्य उद्देश्य रहेको शाहीको भनाइ रहेको छ । उक्त खोप खार्पुनाथ गाउँपालिकाका १४ वटा खोप केन्द्रबाट लगाइने भएको छ ।