राज शाही बिहिबार, भाद्र १६, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा जुट्न कांग्रेस कार्यकर्तालाई निर्देशन दिएका छन्।बुधबारबाट सुरु भएको जनतासँग कांग्रेस कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले सो कुरा बताएका हुन्।

कार्यक्रममा मुख्यमन्त्री शाहीले देश निर्वाचनमय भएका बेला हुम्लाका प्रत्येक नेता तथा कार्यकर्ताले अब चुनावी अभियानमा लाग्नुपर्ने बताए। जिल्लामा पार्टीलाई बलियो बनाउनु सबै नेता तथा कार्यकर्ताको समान दायित्व भएकाले सबैले एक ढिक्का भएर अगाडि बढ्न उनले आग्रह गरे। अब प्रत्येक कांग्रेसको बटम लाइन मंसिर ४ गते हुनुपर्ने उनले बताए।
२०७४ सालको निर्वाचनमा वाम गठबन्धनका कारण कांग्रेस एक सिटमा खुम्चिँदा साढे तीन वर्ष कम्युनिस्ट सरकारले कांग्रेस कार्यकर्तालाई पेलेको स्मरण गर्दै उनले अब बलियो कांग्रेस बनाउनेतर्फ सबै लाग्नुपर्ने बताए।
कांग्रेसको राष्ट्रिय अभियान हुम्लामा बुधबारबाट सुरु भएकाले अब गाउँगाउँ जाने पालो कांग्रेसको भएको उनको भनाइ थियो।गाउँमा जनतामाझ जाँदा देशमा भइरहेको यथार्थ अवस्था, विकास निर्माणका कुरा, साढे तीन वर्ष कम्युनिस्ट सरकारले गरेका बेथिति र विसंगतिबारे जनतालाई जानकारी गराउन कार्यकर्तालाई उनले निर्देशन दिए।यो अवधिमा जनताको मनोभावना बुझ्न पनि उनले कांग्रेस कार्यकर्तालाई निर्देशन दिएका थिए।
देशमा सबैखाले परिवर्तन, आन्दोलन, महत्वपूर्ण काम पनि कांग्रेस नेतृत्वले गरेको स्मरण गर्दै उनले अब आगामी निर्वाचनमा हुम्ला कांग्रेसलाई ठूलो पार्टी बनाउनेतर्फ सबैले लाग्न अनुरोध गरे।देशमा गठबन्धन हुने निश्चित भइसकेकाले यस पटकको निर्वाचनमा सबैलाई टिकट दिन नसकिने यथार्थ कुरा बुझ्न पनि नेता–कार्यकर्तालाई उनले अनुरोध गरे। कार्यक्रममा कांग्रेस कर्णाली प्रदेशका कार्यसम्पादन समिति सदस्य अर्जुन महतारा, प्रदेश सदस्य जयपति रोकाया, पदमबहादुर लामा, कर्णबहादुर रावल, हुम्ला कांग्रेस सभापति मोहनविक्रम सिंह, पार्टी उपसभापति कैलाश भण्डारी, वसन्त रोकायालगायत सहभागी थिए।कार्यक्रम सुरु भइसकेकाले अब कांग्रेसले दुई टोली बनाएर दुवै प्रदेश निर्वाचन क्षेत्र परिचालन हुने जनाएको छ।

सम्बन्धित

ताजा अपडेट
खाध्य शाखा सिमकोटमा ४ हजार ५ सय ५८ .३३ कुन्टल खाध्यन्न मौजात
हुम्लामा चिसोले बाटोमा अलपत्र परेका एक जनालाइ नेपाल प्रहरीले उद्धार
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९