हुम्ला सिमकोट गाउँपालिका–५ को बालमन्दिर माध्यामिक विद्यालयमा आईसिटी ल्याब स्थापना भएको छ । सो ल्याब स्थापना हुँदा शिक्षक तथा बिधार्थीहरुलाई कम्प्युटर शिक्षा पठन पाठनमा सहज भएको हो । कक्षा आठमा अध्ययनरत छात्र युवराज रोकायाले पहिले नै स्थापना भएको आईसिटी ल्यावमा नयाँ कम्प्युटर जडान भएपछि सवै बिधार्थीले आ आफ्नो कम्प्युटर प्रयोग गरेर अध्ययन गर्न सहज भएको बताएका छन् । उनले पहिले कम्प्युटर सङ्ख्या कम हुँदा प्रयोगात्मक कक्षा लिन समस्या हुने गरेको बताउदै अब त्यो समस्या समाधान भएको जानकारी दिएका हुन ।
विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले राष्ट्र शैक्षिक सुधार कार्यक्रमबाट परेको बजेटले आईसिटी ल्याब स्थापना भएपछि कम्प्युटर शिक्षा पठन पाठनमा निक्कै सहयोगी भएको जनाएका छन् । यसअघि स्थापना भएको उक्त ल्याबका लागि कम्प्युटर थान कम भएकोले बिधार्थीहरुलाई दिनको पालो अनुसार कम्प्युटर शिक्षा पठन पाठन गराउदै आएकोमा आर्थिक वर्ष ०७८।०७९ मा परेको सो कार्यक्रमबाट कम्प्युटर खरिद गरेर जडान गरिदा उक्त सङ्ख्या थपिएपछि अब सहज भएको छ ।
कम्प्युटर शिक्षा कक्षा आठमा मात्र पठन पाठ हुने गरेको छ । एउटा ठुलो कक्षामा २४ वटा कम्प्युटर जडान गरेर कक्षा सञ्चालन भई रहेको छ । उक्त विद्यालयको कक्षा आठका साथै कक्षा चारदेखि दशसम्मका बिधार्थीहरुले पनि यो शिक्षा अध्ययन गरि रहेको छन् । यसबाट विद्यालयका शिक्षक र बिधार्थीहरु दुवैलाई उक्त शिक्षा पठन पाठनमा सहज भएको छ । उक्त कार्यक्रमबाट बालमन्दिर माविलाई साढे छ लाखको बजेट परेको थियो । सो बजेटबाट विद्यालयले कम्प्युटर र फर्निचर खरिद गरेको थियो ।