दाने बोहरा शनिबार, जेठ १०, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला
सिमकोट गाउँपालिकाले क्वारेन्टाइनमा बस्दै आएका नाफ्ना नागरीकलाई क्वारेन्टाइन खर्च दिने निर्णय गरेको छ । आजै बसेको गाउँकार्यपालीको बैठकले प्रतिव्यक्तिलाई विहान बेलुका खाना र दिउँसो खाजा खर्च एक सय गरेर पाँच सयका दरले दिनेभएको छ ।

गाउँपालिकाले वडा एक देखि आठ सम्म क्वारेन्टायनमा बसेका दुई सय १६ जनालाई प्रतिव्यक्ति पाँच सयका दरले क्वारेन्टाइन खर्च दिएको सिमकोट गाउँपालिका प्रवक्ता रुपसिंह सुनारले जानकारी दिनुभयो ।

जिल्ला बाहिर काठमाण्डौ, सुर्खेत, नेपालगन्ज लगायत अन्य मुलुकबाट भित्रीएका २ सय १६ जनालाई दिनको पाँच सयका दरले १५ लाख १२ हजार रुपैयाँ क्वारेन्टाइन दिएको प्रवक्ता सुनारले बताउनुभयो ।

पालिकाले जिल्लाबाहिरबाट आउने र कवारेन्टाइनमा बस्ने सबैलाई क्वारेन्टाइन खर्च दिने भएको हो ।

यस्तै सिमकोट गाउँपालिकाले विपद व्यवस्थापन कोषमा प्रदेश सरकारले पठाएको १५ लाखमा गाउँपालिकामा सम्झौ नभएका योजनाको रकम पनि रकामान्तर गर्ने भएको छ ।

आजै सबेको कार्यपालिका बैठकले गाउँपालिकामा सम्झौता नभएका सम्पुर्ण योजनाहरुको रकम विपद व्यवस्थापन कोषमा रकामान्तर गर्ने भएको सिमकोट गाउँपालिका अध्यक्ष पदम बहादुर लामाले बताउनुभयो ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९