राज शाही आइतबार, साउन ०१, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला
फाइजर–वायोएनटेक खोप लागाउन देशैभरका जिल्लाहरुका स्वास्थ्य सेवा कार्यालयहरुलाई अन्तिम तयारीमा रहन निर्देशन गरिएको छ । उक्त खोप दुई चरणमा गरेर ५ देखि ११ वर्ष उमेर समुहका वालवालिकाहरुलाई लगाउन लागिएको हो । सो खोप लगाउनका लागी जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्ला तयारी अवस्थामा रहेको र उक्त खोप प्राप्त हुने वितिकै खोप केन्द्र तोकेर स्वास्थ्यकर्मीहरुलाई तालिम दिई खोप केन्द्रमा परिचालन गर्न जिल्ला स्वास्थ्य सेवा कार्यालय तयारी अवस्थामा रहेको सोही कार्यालय प्रमुख प्रेमबहादुर सिहले बताएका छन् ।
खोप लगाउने पुर्वतयारी स्वरुप स्वास्थ्य सेवा कार्यालय हुम्लाले सिमकोटमा आयोजना गरेको कार्यक्रममा प्रस्तुत गरिए अनुसार फाइजर वायोएनटेक खोप के हो ? कोभिड–१९ रोग विरुद्धको यो खोप कोरोना भाइरस ‘SARS-CoV-2’ को अनुवाँशिक तत्व ‘RNA’ प्रयोग गरेर तयार गरिएको हुन्छ । निकै संवेदनशिल मानिने यो उमेर समुहका वालवालिकाहरुलाई लगाइने कोभिड १९ विरुद्धको यो खोप विश्व मान्यता प्राप्त भएकोले नेपालको औषधी व्यवस्था विभागले समेत अनुमती दिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका डाक्टर कैलास लामाले बताएका थिए।

यो खोप जर्मन बायोटेक्नोलोजी कम्पनी ‘BioNTech’ ले अमेरिकन कम्पनी ‘Pfizer’ को सहकार्यमा विकास गरिएको हो । यो खोप झोलको रुपमा भायलमा उपलब्ध हुन्छ । यो खोपको झोलको रङ्ग सामान्य अवस्थामा सेतो वा हल्का धमिलो सेतो हुन्छ । झोलको रुपमा उपलब्ध भएता पनि, यो खोप लगाउनु भन्दा पहिला घोल्नु पर्दछ । यो खोपको घोलक ०.९% सोडियम क्लोराइड हो र खोपसँगै घोलक उपलब्ध गराइएको हुन्छ । यो खोपको प्रभावकारिता ९१% सम्म रहेको अध्ययनले देखाएको एच ए सुरविर शाहीले प्रशिक्षणका क्रममा बताएका थिए।

यो खोप विश्व स्वास्थ्य संगठनले आपतकालिन प्रयोगको लागि सूचीकृत गरेको छ । यो खोप नेपालमा प्रयोग गर्न औषधी व्यवस्था विभागले अनुमती प्रदान गरेको छ । नोवेल कोरोना भाइरस विरुद्धको खोप १२ वर्ष माथिका नागरिकहरु सबैलाई लगाउने व्यवस्था गरिएपछि पछिल्लो समय नेपाल सरकारले ५ देखि ११ वर्ष उमेर समुहका वालवालिकाहरुका लागि समेत लगाउने तयारी गरेको छ ।
यसै विषयमा आइतबार जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले पत्रकारहरु संग अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालय प्रमुख प्रेमबहादुर सिंहले उक्त कार्यक्रमको संचालन गर्नुको उद्देश्यका वारेमा प्रष्ट पारेका थिए । वरिष्ट अनमि सरिता बोहराले संचालन गरेको कार्यक्रमको अध्यक्ष सोही सेवा कार्यालय प्रमुख सिंहको र प्रमुख आतिथ्यमा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिपक भण्डारिको रहेको थियो ।कार्यक्रममा जिल्लामा स्थापित पत्रकारहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई अदालतले सफाई दिएसंगै हुम्ला जिल्ला भर दिपावली
वाइडबडी भ्रष्टाचार मुद्दामा पूर्व पर्यटनमन्त्री शाहीले पाए सफाइ

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९