उच्च अदालत सुर्खेत जुम्ला इजलास जुम्लको समन्वयमा जिल्ला कारागार कार्यालय हुम्लाको निरिक्षण गरिएको छ । हुम्ला जिल्ला अदालतको निरिक्षण सँगै हुम्ला जिल्लाका अर्धन्यायीक निकायको निरिक्षणका लागी उच्च अदालत सुर्खेत जुम्ला इजलास जुम्लाका न्यायाधीश सहितको टोली हुम्ला आउनका लागी यस अघि नेपालगन्ज पुगेकोमा अषाढ १० गते देखि १५ गते सम्म हुम्ला जिल्लामा हवाइ जहाज नचलेपछि फिर्ता भएको थियो ।
हुम्ला जिल्ला अदालत सँगै अर्धन्यायीक निकायको निरिक्षण उच्च अदालत सुर्खेत जुम्ला इजलास जुम्लाबाट हुन नसकेपछि उच्च अदालतको समन्वयमा हुम्ला जिल्ला अदालतका श्रेस्तेदार उपसचिव कमलकुमार आचार्यको टोलीले अनुगमन गरेको थियो । उक्त अनुगमनमा हुम्ला जिल्लाको कारागार भवनको अवस्था र निर्माणधिन कारागार कम्पाउडको वाल सहित कैदी तथा थुनुवाको अवस्थाका वारेमा निरिक्षण गरिएको थियो ।
निरिक्षणका क्रममा आर्थिक वर्ष ७८।७९ मा जम्मा कैदी १६ जना रहेको र जसम मध्य ५ जना कैद भुक्तान गरी सकेका र हाल जम्मा कैदी ११ जना रहेकोमा हुम्ला जिल्लाबाट अन्य कारागार स्तान्तरण १० जना भएको र १ जनालाई कैद ठेकीएकोमा निजलाई स्तानतरणको प्रक्रियामा रहेकाले हुम्ला जिल्लाको जिल्ला प्रहरी कार्यालयको हिरासदमा राखिएको जिल्ला कारागार कार्यालय प्रमुख इन्दिरा कुमारी खरालले बताएकी छन् ।
कैदि ११ जना मध्य २ जना महिला र ९ जना पुरुष रहेका छन् । १० जना हुम्ला कारागारबाट अन्य जिल्लाका कारागारमा स्तानतरण भएका कैदी मध्य १ जनाको साथमा ३ वर्षको नाबालक वच्चा समेत रहेको सोही कार्यालयका खरिदार डवले रावतले बताएका छन् । आमालाई बहुविवाह मुद्दामा जेल चलान गरेपछि निजका ३ वर्षे छोरा साथमा जेलमा चलान भएका हुन । हुम्ला जिल्ला प्रहरी कार्यालयमा थुनुवा १५ जना रहेका छन् । निजहरुको खानाको व्यवस्था जिल्ला कारागार कार्यालय हुम्लाले गरि रहेको छ ।
निरिक्षणका क्रममा थुनुवालाई भेट्दा निजहरुले खाना वस्नको समस्या नभएको पाइएको हुम्ला जिल्ला अदालतका श्रेस्तेदार उपसचिव कमल कुमार आचार्यले यसरी बताएका छन् । निरिक्षण आइतबार विहान ११ वजे गरिएको थियो ।