राज शाही मंगलबार, आषाढ १४, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

चंखेली गाउँपालिकाले अषाढ १० गते सुक्रबार गाउँ सभाबाट आगामी आर्थिक वर्षको प्रस्तावित वजेट पारित गरेको छ । शिक्षा, स्वास्थ्य, कृषि, पशु, पर्यटकिय क्षेत्र, सडक, पुल, भौतिक संरचना निर्माणलाई पहिलो प्राथामिकतामा राखी गाउँपालिकाको आगामी आर्थिक वर्षको प्रस्तावित वजेट गत सुक्रबार पारित गरेको हो ।
गाउँपालिका उपाध्यक्ष प्रेमकला शाहीले पेश गरेको आर्थिक वर्ष ०७९।८० को बजेटमा ३१ करोड २८ लाख ११ हजार रहेको छ । हाल भाडाको भवनमा बस्दै आएको चंखेली गाउँपालिकाद्धारा आगामी आर्थिक वर्षको बजेटमा आफ्नो नयाँ प्रशासनिक भवन निर्माणका लागि दुई करोड बजेट बिनियोजित गरिएको छ । प्रशासकीय भवन निर्माणको लागी यस अघि नै उत्घाटन भइ काम धमा धम संचालन भइ रहेको सोही गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष पदमबहादुर शाहीले बताएका छन् ।

आर्थिक वर्ष ०७९।८० को प्रस्तावित बजेटमा उपाध्यक्ष शाहीले बजेटले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पुर्वाधार, सञ्चार, लक्षित वर्गका कार्यक्रमले प्राथमिकता दिएको बताईन । गाउँसभामा प्रस्तुत भएको बजेट पारित समेत भएको छ । अध्यक्ष शाहीले हाल भाडाको घरमा त्यो पनि साँघुरो गरि बस्नुपरि रहेको कारण आगामी वर्षको बजेट तथा कार्यक्रममा नयाँ प्रशासनीक भवन निर्माण कार्यलाई पहिलो प्राथमिकता राखिएको उपाध्यक्ष शाहीले बताएकी हुन ।

उपाध्यक्ष शाहीले नयाँ भवन निर्माणका लागि दुई करोड बजेटको ब्यवस्था भए अनुसार काम पनि अगाडी बढ्ने बताइन । त्यसैगरि मुगु हुँदै चंखेली हिमालबाट सडक गाउँपालिकासंग जोडिएको भएपनि लोतीमा मोटरेवल पुल नहुँदा हाल गाउँपालिका केन्द्र सडकसंग नजोडिएको कारण पुलका लागि एक करोड बजेट बिनियोजित गरिएको बताइन।

त्यसैगरि बजेटले गाउँपालिका केन्द्रका १५ शैयाको अस्पताल निर्माणका लागि बीस लाख, शिक्षमा एक करोड बीस लाख, कृषि र पशुमा बीस बीस लाख, स्वास्थ्यमा पैताली लाख बिनीयोजित गरेको छ । अध्यक्ष शाहीले लक्षित वर्ग अन्तर्गग गाउँपालिकाका सबै दलित घरधुरीलाई ग्यास चुल्हो र शिलिण्डरको ब्यवस्था समेत गरिएको बताइन ।

सम्बन्धित

ताजा अपडेट
खाध्य शाखा सिमकोटमा ४ हजार ५ सय ५८ .३३ कुन्टल खाध्यन्न मौजात
हुम्लामा चिसोले बाटोमा अलपत्र परेका एक जनालाइ नेपाल प्रहरीले उद्धार
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९