राज शाही शनिबार, आषाढ ११, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

हाल भाडाको भवनमा बस्दै आएको चंखेली गाउँपालिकाद्धारा आगामी आर्थिक वर्षको बजेटमा आफ्नो नयाँ प्रशासनीयक भवन निर्माणका लागि दुई करोड बजेट बिनियोजित गरिएको छ । निर्वाचित भए लगत्तै गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले पदभार लिए लगत्तै पहिलो काम भवनको शिलान्यास गरेका थिए ।

गाउँपालिका उपाध्यक्ष प्रेमकला शाहीले आागामी आर्थिक वर्षका लागि गाउँसभामा प्रस्तुत गरेर पारित भएको बजेट ३१ करोड रहेको छ । उपाध्यक्ष शाहीले बजेटले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पुर्वाधार, सञ्चार, लक्षित वर्गका कार्यक्रमले प्राथमिकता दिएको बताईन । गाउँसभामा प्रस्तुत भएको बजेट पारित समेत भएको छ । अध्यक्ष शाहीले हाल भाडाको घरमा त्यो पनि साँघुरो गरि बस्नुपरि रहेको कारण आगामी वर्षको बजेट तथा कार्यक्रममा नयाँ प्रशासनीक भवन निर्माण कार्यलाई पहिलो प्राथमिकता राखिएको बताए ।

उनले नयाँ भवन निर्माणका लागि दुई करोड बजेटको ब्यवस्था भए अनुसार काम पनि अगाडी बढ्ने बताए । त्यसैगरि मुगु हुँदै चंखेली हिमालबाट सडक गाउँपालिकासंग जोडिएको भएपनि लोतीमा मोटरेवल पुल नहुँदा हाल गाउँपालिका केन्द्र सडकसंग नजोडिएको कारण पुलका लागि एक करोड बजेट बिनियोजित गरिएको बताए ।

त्यसैगरि बजेटले गाउँपालिका केन्द्रका १५ शैयाको अस्पताल निर्माणका लागि बीस लाख, शिक्षमा एक करोड बीस लाख, कृषि र पशुमा बीस बीस लाख, स्वास्थ्यमा पैताली लाख बिनीयोजित गरेको छ । अध्यक्ष शाहीले लक्षित वर्ग अन्तर्गग गाउँपालिकाका सबै दलित घरधुरीलाई ग्यास चुल्हो र शिलिण्डरको ब्यवस्था समेत गरिएको बताए ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९