हुम्लाको अदानचुली गाउँपालिकाले पुर्वाधारलाई पहिलो प्राथमिकता दिँदै आर्थिक वर्ष ०७९र८० का लागि २८ करोड ५५ लाख २४ हजारको बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिकाले पुर्वाधार, स्वास्थ्य, शिक्षा,स्वास्थ्य, कृषि, रोजगारी, पर्यटनलाई पहिलो प्राथामिकतामा राखेको जनाएको छ । सुक्रबार ११ औं गाउँसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा आर्थिक, समाजिक रुपान्तरण र समाजिक न्याय कायम गर्न शिक्षा, स्वास्थ्य, शिक्षा,उत्पादन र रोजगार, जीवनस्तरमा रुपान्तरण र दिगो पूर्वाधार नारा अघि सारिएको छ ।
गाउँपालिका उपाध्यक्ष कर्ण रोकायाले प्रस्तुत गरेको नीति कार्यक्रममा सबै वडाका बस्ती बस्ती गाउँ गाउँ सम्म मोटरबाटो निमार्णलाई अगाडि बढाई चक्रपथको बिकास गर्ने परिकल्पना गरिएको पहिलो बुदामा राखिएको छ ।
यसैगरी दुई वर्षभित्र दक्षिण तर्फबाट सडक सञ्जाल जोडी तीव्र पुर्वाधार बिकास,घरघरमा धार अदानचुलीको नारा,एक घर एक एक बारी सँधै खाउँ साग तरकारी जस्ता लोकपृय नाराहरु निति तथा कार्यक्रमा समासेश गरिएको छ ।हरेक वर्ष १२ जना उत्कृष्ट कृषकलाई सम्मान सहित पुरस्कृत गर्ने,स्याउ र्फमलाई आवश्यक स्तरउन्नती गर्ने,गाउँ गाउँमा सहकारी घरघरमा रोजगारी भन्ने नारालाई अबलम्बन गरिएको छ ।
करिब ३४ पृष्ठ लामो निति तथा कार्यक्रम प्रस्तुत गर्दै उपाध्यक्ष रोकायाले आवश्यकता अनुसार बिद्यालय मर्ज गर्नेशिक्षकहरुलाई अभिमुखीकरण तालिमको ब्यबस्था गर्ने,शैक्षिक तथ्यांक संकलन गर्न विज्ञहरुसँग परामर्श गर्ने,सुबिधा सम्पन्न आवासिय बिद्यालयको स्थापना गर्ने,पुर्ण साक्षर गाउँपालिका बनाउन पहल गर्ने,एक प्राबिधिक बिद्यालयको ब्यबस्था गर्ने,सबै बिद्यालयहरुमा आवश्यक दरबन्दी श्रृजनाको पहल गर्ने,ईंगलिस माध्यमबाट कक्षा सञ्चालनको लागि ३ वटा बिद्यालय सञ्चालन गर्न पहल गर्ने उल्लेख गरिएको छ ।बिद्यालयका कार्यालय सहयोगी,बालबिकास सहजकर्ता, र लेखापाललाई प्रति महिना १ हजार प्रोत्साहन भत्ताको ब्यबस्था गर्ने बताईएको छ ।
यसै वर्ष कम्तीमा पनि ७ वटा बालबिकासका दरबन्दी सृजना गर्ने,आधुनीक पुस्तकालय,महिला भवन,दलित भवनको ब्यबस्था गर्ने,प्राबिमा ईन्टरनेट र माबीमा इन्टरनेट सहित कम्प्युटर कक्षा सञ्चालन गर्ने उल्लेख गरीएको छ । म स्वस्थ मेरो गाउँपालिका स्वस्थ जस्ता कार्यक्रमलाई लागु गर्नका लागि एक एम्बुलेन्सको ब्यबस्था,हरेक स्वास्थ्य चौकीमा(२ वटा)ल्याब तथा प्रयोगसालाको ब्यबस्था,सम्पुण स्वास्थ्य संस्थाहरुमा इन्टरनेट जडान र बथिङ् सेन्टरमा सुत्केरी हुँन आउने हरेक महिलालाई १ हजार गाउँपालिकाबाट थप प्रोत्साहन भत्ता उपलब्ध गराइने छ भने स्थायी बन्द्ययाकरण गर्ने दम्पतीलाई ५ हजार रुपैया नगद दिने ब्यबस्था गरीएको छ ।
एक घर एक चर्पी,एक घर एक धारा स्वच्छ खानेपानीको पहुँचमा सारा भन्ने नारालाई साकार पार्नको लागि पाँच वर्षे खानेपानी तथा सरसफाई गुरु योजना निमार्ण गरी कार्यान्वयन गर्ने बताए ।एक ब्यबस्थीत रंगशालाको निमार्णलाई तिब्रता दिने,बिभिन्न लक्षित कार्यक्रमहरु ल्याउने,बालमैत्री स्थानीय शासन लागु गर्ने पनि नितिमा उल्लेख गरिएको छ ।
यसै गरी अदानचुली गाउँपालिकाको केन्द्र देखी पुद्दुकोट हुँदै बुमी डाँडा खौला सम्म सडक निमार्ण गर्ने,गाउँपालिकाको चक्रपथको रुपमा छाला कल्खे गल्बा काँखे करगई लमहीरिलम बिगोठी हुँदै थाई मकै चक्रपथको अबधारणा ल्याउने,पर्यटकीय पदमार्गको निमार्ण र गल्फागाड पाम्स सम्मो सडकलाई नाला सहित २ लेनको सडक बिस्तार गर्ने निति तथा कार्यक्रममा भनिएको छ ।
आफ्नै प्रशासकिय भवनको निमार्ण,एक वडा एक कुटानी पिसानी मिल,निशुल्क शौचालय सहितको वसपार्कको निमार्ण,१५ सैयाको अस्पताल,हाट बजार भवन,सिप बिकास तालिम भबन साथै छुट्टै बाल बिकास भबन निमार्ण ब्यबस्था गरीएको गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंहले बताएका छन् ।