नन्द सिंह शुक्रबार, जेठ ०९, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला,
जिल्ला भरिका अपांगता भएका बालबालिकाहरुको पठन पाठन र लालन पालन गर्दै आएको हिमाली शिक्षा र बिकास ( हेड नेपाल ) ले आवासीय भवनको निर्माण कार्य सुरु गरेको छ । नमूना अपांगता बालबालिका आवासीय श्रोत केन्द्र निर्माण गर्ने उद्धेश्यले भवनको निर्माण कार्य जेठ ८ गतेबाट अगाडी बढाइएको हो ।
अहिले पनि भाडाको घरमा ५० जना छात्रा छात्रहरुलाई निशुल्क रुपमा अध्ययन गराई रहेको हेड नेपालले कर्णाली प्रदेशमै नमूना अपांगता बालबालिका श्रोत केन्द्र बनाउने लक्षका साथ भवनको निर्माण कार्य सुरु गरिएको कार्यकारी निर्देशन छिटुप लामाले जग्गा खरिद देखि भवनको निर्माण काममा सहयोग प्राप्त भै रहेको बताउनु भयो ।
३० कोठे भवनको निर्माण कार्य सम्पन्न भए ६४ जना बालबालिकाहरुले पठन पाठन सहित आवासीय सुबिधा पाउने भएका छन् । आफू पनि फरक क्षेमता भएका निर्देशक लामाले भवन पुर्ण रुपमा भुकम्प प्रतिरोधी बनाउन मापदण्ड अनुसारका आरसिसि पिलरबाट निर्माण सुरु गरिएको भनाई छ ।
अपाङ्ग मैत्री हुने केन्द्रलाई समाबेशी, बिशेष र सामान्य रुपमा अपांगता बालबालिकाको बिकास गर्दै लैजाने योजना हेड नेपालले बनाएको छ । चालु आर्थिक बर्षमा कर्णाली प्रदेश सरकार, संघीय संसदहरुका लागि प्राप्त हुने बजेटको साझेदारी कार्यक्रम र स्थानीय गाउँपालिकाको सहयोगमा ४० लाख र ६ लाख श्रमदानबाट पहिलो चरणको काम सुरु गरिएको छ ।
कोरोना कहरले गर्दा आउन लागेको बिदेशी दाताको सहयोग पनि रोकिएको अबस्थामा काम सुरु भएको र आगामी दिनमा सहयोगका लागि सहयोगी मनसंग हातेमालो गर्न आग्रह गरिएको छ ।
कोरोनाले लकडाउन जारी रहदा आफु पनि दैनिक रुपमा काममा खटिने उहाँको भनाई छ । भवन निर्माणका लागि आबश्यक सामग्री हवाई मार्गबाट ढुवानी गर्नु पर्ने भएको कारण अहिले लागतमा निर्माण कार्य पूरा हुदासम्म २ करोड कम लाग्ने अनुमान गरिएको छ । जिल्ला सडक सञ्जालसंग जोडिन लागेको कारण ती सामग्री सस्तोमा ढुवानी हुने भएपछि लागत घट्ने अनुमान हेड नेपालले गरेको ह छ ।

सम्बन्धित

ताजा अपडेट
साहित्यकार बसन्त रोकाया ( बसन्त श्री ) को भोट खण्ड काव्य बिमोचन हुँदै
पुर्ण खोप सुनिश्चित घोषित कार्यक्रममा हुम्लाका ४ जना पत्रकार सम्मानित
नेपाल उत्पिडित जातिय मुक्ति समाजको अध्यक्षमा लालधन टमट्टा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९